विराटनगर, १ जेठ । प्रदेश सरकारले सहरी क्षेत्रको विकासका लागि एक अर्ब ३९ करोड ३९ लाख बजेट विनियोजन गरेको छ ।
प्रदेश अर्थमन्त्री इन्द्र आङबोले आगामी वर्षका लागि समग्र सहरी क्षेत्रको विकासका लागि १ अर्ब ३९ करोड बजेट विनियोजन गरिएको बताए ।
सरकारले आगामी आर्थिक वर्ष विराटनगर रानीमा स्वागत गेट निर्माणका लागि ३ करोड बजेट विनियोजन गरेको छ ।
सरकारले जनता आवास कार्यक्रमअन्तर्गत घर निर्माण, नमूना शहीद बस्ती निर्माण गर्नका लागि पनि बजेट विनियोजन गरेको छ ।