विराटनगर । १ नम्बर प्रदेश सरकारले आगामी आर्थिक वर्ष कृषि क्षेत्रका लागि ३ अर्ब ८३ करोड बजेट विनियोजन गरेको छ ।
कोरोना महामारीपछि प्रभावित बनेको कृषि तथा पशु पालन क्षेत्रको विकासका लागि ३ अर्ब ८३ करोड बजे विनियोजन गरेको हो ।
प्रदेश सरकारले कृषि उद्यममा लाग्न चाहने युवाहरूलाई न्यूनतम पाँच लाख ऋण दिएर तीन वर्षसम्म ऋण तिरिदिने भएको छ ।
आगामी आर्थिक वर्ष स्थानीय तहहरू छनोट गरी ऋण दिनका लागि सरकारले ६ करोड २१ लाख बजेट विनियोजन गरेको छ ।
विदेशबाट आएकाहरूलाई मेरो कृषि मेरो पौरख योजनाअन्तर्गत वैदेशिक रोगजारीबाट आएकालाई कृषि कर्मका लागि १२ करोड बजेट विजियोजन गरेको छ ।
प्रदेश सरकारले माछा मासु उत्पादनमा आत्मनिर्भर बनाउने योजना बनाएको छ । मकै उत्पादन वृद्धिका लागि ८ करोड बजेट विनियोजन गरेको छ ।
कृषि क्षेत्रका सहकारीमार्फत कृषि क्षेत्रको विकासका लागि १३ करोड बजेट विनियोजन गरेको छ । चैते धान उत्पादन वृद्धि गर्दै चैते धान सुकाउनका लागि ड्राई मेसिन खरिद गर्ने योजना बनाएको छ ।
जसका लागि ८ करोड बजेट विजियोजन गरेको छ । सरकारले चियाखेती विकासका लागि १६ करोड बजेट विनियोजन गरेको छ ।
प्राङ्गारिक मल उत्पादनका लागि ६ करोड बजेट विनियोजन गरेको छ । कृषि तथा व्यावसायिक पशु पालनका लागि १६ करोड बजेट विनियोजन गरेको छ । धुलो दूध उत्पादनका लागि १३ करोड बजेट विनियोजन गरेको छ ।