विराटनगर, १ असार । प्रदेश नं १ सरकारले कोशी अस्पताललाई ५० र मेची अस्पतालका लागि २३ करोड विनियोजन गरेको छ ।
यसैगरी धनकुटालगायतका जिल्ला अस्पतालको स्तरोन्नतिका लागि १ अर्ब १० करोड बिनियोजन गरेको छ ।
यस्तै उदयपुरको कटारी र इटहरीको अस्पतालका लागि पनि बजेट छुटयाएको छ ।
जेष्ठ नागरिक दन्त कार्यक्रमका लागि १ करोड विनियोजन गरेको छ ।
मंगलबारेमा मदनभण्डारी ट्रमा सेन्टर स्थापना गर्न सरकारले प्राथमिकता दिएको छ । प्रदेश प्रयोगशाला विस्तारका लागि ६ करोड विनियोजन गरिएको छ ।