birat ribon

प्रदेश १ मा कोरोना : १५ हजारको पीसीआर जाँच, ३७१ पोजिटिभ, शंकास्पद चार हजार क्वारेन्टाइनमा

Neuro
प्रदेश १ मा कोरोना : १५ हजारको पीसीआर जाँच, ३७१ पोजिटिभ, शंकास्पद चार हजार क्वारेन्टाइनमा

विराटनगर, १ असार । प्रदेश १ मा १५ हजार जनाको पीसीआर जाँच हुँदा ३७१ जनालाई कोरोना पोजिटिभ देखिएको छ ।

Padelux insider
cura insider

प्रदेश नं १ मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका अनुसार ३२ जेठसम्म १५ हजार ३ सय ६० पीसीआर जाँच गर्दा ३७१ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

प्रदेश १ मा १५ हजार ६ सय १ जनाको आरडिटी परीक्षण पनि गरिएको छ ।

कुल तीस हजार ९ सय ६१ नमूना संकलन एवम् परीक्षण गरिएका छन् । यीमध्ये महिलाको संख्या ६ हजार पाँच सय ५ छ भने पुरुषको संख्या २४ हजार ४ सय ५६ छ ।

पीसीआर परीक्षण गराएका २२ महिला र तीन सय ४९ पुरुषको नतिजा पोजिटिभ छ ।

आरडीटी परीक्षण गराएका १५ हजार ४ सय ३० र पीसीआर परीक्षण गराएका १३ हजार ३ सय १ जनाको रिपोर्टको नतिजा भने नेगेटिभ आएको छ ।

थपिँदै क्वारेन्टाइन र बेड

प्रदेश नं १ मा ४ सय १८ स्थानमा क्वारेन्टाइन निर्माण गरिएका छन् । यी क्वारेन्टाइनमा ११ हजार पाँच सय १९ वेड रहेका छन् ।

३१ जेठसम्म रहेका क्वारेन्टाइन स्थानमध्ये एक स्थानलाई हटाएर संख्या चार सय १८ पुर्‍याइएको छ भने दुई सय २६ वेड थपेर वेड संख्या ११ हजार पाँच सय १९ बनाइएको छ ।

प्रदेश नं १ मा ४४ वेड सहित चार आईसीयू छन् भने ५१ स्थानमा बनाईएका आइसोलेसनमा चार सय २८ आइसोलेसन वेडहरू राखिएका छन् ।

यस्तै, २१ स्थानमा बनाईएका होल्डिङ एरियामा दुई हजार चार सय ९४ वेडहरू छन् ।

संक्रमित ३७१, शंकास्पद चार हजार

प्रदेश नं १ मा कोरोना संक्रमितको संख्या तीन सय ७१ पुगेको छ । जसमध्ये एक सय ७८ जनाको आइसोलेसनमा उपचार भइरहेको छ भने एक सय ६६ जना डिस्चार्जपछि आ-आफ्नो घर फर्किसकेका छन् ।

आइतबार भेटिएका नयाँ संक्रमितहरूको भने व्यवस्थापन गर्ने कार्य भइरहेको छ ।

आइसोलेसन वार्डमा बसेर उपचार गराइरहेकामध्ये ११ महिला छन् भने एक सय ६७ पुरुष संक्रमित रहेका छन् । यस्तै, डिस्चार्ज हुनेमा पुरुष एक सय ५५ छन् भने महिलाको संख्या ११ रहेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार प्रदेश नं १ भरिका विभिन्न क्वारेन्टाइनमा चार हजार एक सय तीन मानिसहरू बसिरहेका छन् ।

दुई महिला र एघार पुरुष गरी कूल १३ जना शंकास्पद कोभिड–१९ का बिरामीहरू आइसोलेसनमा बसिरहेका छन् भने हालसम्म आइसीयूमा बस्नुपर्ने बिरामीको संख्या शून्य रहेको छ ।

यस्तै, प्रदेश १ भरीका २१ स्थानका होल्डिङ एरियामा ४ सय ६२ र होम क्वारेन्टाइनमा ११ हजार एक सय चार मानिस बसिरहेका छन् ।

तीन जिल्लामा काेराेना शून्य

१४ वटा जिल्ला रहेको प्रदेश नं १ का तीन जिल्ला बाहेक सबै जिल्लामा कोरोना संक्रमित भेटिएका छन् ।

अहिलेसम्म कोरोना संक्रमित नभेटिएका तीन जिल्ला ताप्लेजुङ, ओखलढुंगा र पाँचथर हुन् । प्रदेशमा सबैभन्दा बढी झापा जिल्लामा एक सय ७६ संक्रमित भेटिएका छन् ।

प्रदेशमै पहिलो पटक कोरोना संक्रमण देखिएको जिल्ला उदयपुरमा ४३ संक्रमित भेटिएका छन् । मोरङमा ९६ र सुनसरीमा ५८ संक्रमितबाहेक प्रदेशका अन्य आठ जिल्लाका २५ जनामा मात्र कोरोना संक्रमण पाइएको छ ।

संक्रमित हुनेमा महिलाको संख्या २२ छ भने पुरुषको संख्या तीन सय ७६ छ ।

कोरोना संक्रमणको सफल उपचारपश्चात प्रदेश नं १ का एक सय ६६ जना कोरोना अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।

jackson ribon