लकडाउनको ८३ दिनमा कार्यालयको सेवा सञ्चालन

यज्ञ अधिकारी

विराटनगर , १ असार । सरकारको निर्णय अनुसार दुई सिफ्टमा गरी सोमबारबाट सरकारी कार्यालयहरु खुलेका हुन् ।

विहान ८ बजेटबाट दिउँसो १ बजेसम्म र १ बजेटबाट साँझ ६ बजेसम्म गरी दुई सिफ्टमा कार्यालयहरु सञ्चालनमा आएका हुन् ।

सरकारी कार्यालयसँगै गैरसरकारी कार्यालय, बैंक तथा वित्तिय संस्थाहरु पनि सञ्चालनमा आएका छन् ।

लक डाउन खुकुलो बनेसँगै सडकमा सवारीको चाप पनि बढेको छ । सरकारले जोर विजोर प्रणालीअनुसार सवारी सञ्चालन गर्ने निर्णय गरेपनि कार्यालयहरु सञ्चालन भएसँगै सवारीको चाप बढेको छ ।

कार्यालय प्रवेश गर्नुअगाडी सामाजिक दुरी कायम गर्दै तापक्रम लिने गरिएको छ । हात धोएर कार्यालय भित्र समेत सामाजिक दुरी कायम गर्नुपर्ने बताइएको छ ।

सेवाग्राहीहरुले समेत सेवा लिँन जाँदा सामाजिक दुरी कायम गर्नुपर्ने छ । मन्त्रिपरिषद्को जेठ २८ गतेबसेको बैठकले आजबाट कार्यालयहरु दुई सिफ्टमा सञ्चालन गर्ने निर्णय गरेको थियो ।

लक डाउन खुकुलो भएपनि मानिसबो बढी भिडभाड हुने ठाउँ, शैक्षिक संस्था, अनुमति प्राप्त बाहेक सम्पूर्ण उडानहरु, सभा सम्मेलन सबै लगायतका क्षेत्र बन्द रहेका छन् । पैदल आवागमन भने खुला गरिएको छ ।

प्रदेश नं १ को राजधानी विराटनगरमा रहेका कार्यालयहरुमा सेवा ग्राहिहरुको उपस्थिति कार्यालय खुलेको पहिलो दिन पातलो रहेको छ ।

सेवा सुचारु भएसँगै अन्य कार्यालयहरुको तुलनामा नापी र मालपोत कार्यालयमा सेवाग्राहीहरु बाक्लो पुगेका छन ।

निजी र दुई पांग्रे सवारि साधन भएका सेवाग्रही सरकारी कार्यालयमा पुगिरेहका छन् ।

सर्वजनिक यातायात संचालनमा नआएकोले सवारी साधन नभएका टाढाबाट आउनु पर्ने सेवा ग्राही भने पुग्न सेका छैनन ।

सोमबारबाट संचालनमा आएका सरकारी कार्यालयहरुले नियमको पालना गरेर मात्र सेवा प्रवाह गरिरहेका छन् ।

सेवाग्रही हरुले पनि व्यक्तिगत दुरी सहित सेवा लिरहेका छन् । त्यसैगरी माक्सको पनि प्रयोग गरेका छन् ।

Loading...