‘हंस’ हराए जस्तो सुनसान श्रम तथा रोजगार कार्यालय (फोटो फिचर)

यज्ञ अधिकारी
रंगेली १असार । तीन महिना अगाडी सम्म विराटनगर महानगरपालिका ३ कञ्चनवारी स्थित श्रम तथा रोजगार कार्यालयमा बैदेशिक रोजगारको अनुमति लिनकालागि आउनेहरुको भिडमभिड हुन्थ्यो ।

धेरै भिड भएकोले सेवाग्राहीले कामको लागी टोकन लिएर हप्तादिनसम्म आफनो पालो पर्खनु पर्दथ्यो ।

वैदेशिक रोजगारीको अनुमतिकालागि सेवा लिन दैनिक आउने सयौ युवाहरुको चहलपलले आपपासमा व्यापार पनि निक्कै फस्टाएका थिए ।

भर्खरै कार्यालय सरेर आएकोले मानिशहरुले लाखौ खर्चर व्यापारव्यावसायकालागि नयाँ संरचनाहर निर्माण गरेका थिए ।

कसैले आफै त कसैले भाडामा लिएर पसलकालागि सटरहरु बनाएका थिए । यहाँ होटल , फोटोकपी र चिया चमेनाका पसलहरु गुलजार थिए ।

तर सधै हराभरा रहने श्रम तथा रोजगार कार्यालय कोभिड–१९ रोकथामकालागि भएको लकडाउने गर्दा ‘हंस’ हराए जस्तै भएको छ ।

११ चैतमा लकडाउन सुरुभएपछि कार्यालयको सेवा पनि ठप्प छ भने मानिशहरुको चहलपहल पनि शुन्य छ ।

नियम नै हो जहाँ मान्छेको भिडभाड त्यहाँ व्यापार । विराटनगरमा रहेको श्रमकार्यालयको भिडभाडमा व्यापार गर्ने धेरै थिए ।

कार्यालय विराटनगरको भट्टा चोकबाट ठूलो मिल चोक पश्चिम सरेपछि व्यपारकालागि हजारौ लाखौ लगानी गर्नेहरु बढेका थिए ।

तर अचानक भएको लकडाउनले व्यापार चौपट भएपनि उनीहरुको रोजगार मात्र खोसिएको छैन लगानी पनि स्वाहा भएको छ ।

तीन महिनादेखि यहाँ मानिसको चहलपहल नहुदा संरचना वरिपरि ठूल्ठूला झार पलाएका छन् ।

सधै चलहपल हुने स्थान आजकल कुनै विरानो स्थान जस्तो भएको छ । व्यापारको आसमा कार्यालय रहेको भवन वरिपरिका जग्गा धनि र घरवालाले निर्माण गरेका संरचनाहरु प्रयोग विहिन अवस्थामा छन ।


कोरोना भाइरसको संक्रमण रोकथाम भएपनि वैदेशिक रोजगारीको चहलपल बढने अवस्था हुदैन । यसैले अब यो कार्यालयमा हुने भिडभाडयुक्त्त चहलपहल फर्कने संभावना पनि निक्कै कम छ ।

Loading...