birat ribon

देवीप्रसाद दुलाल हत्या आरोपीको बयान : भाउजूसँग प्रेम थियो, दाइ मार्न साथीलाई फकाएँ !

Neuro
देवीप्रसाद दुलाल हत्या आरोपीको बयान : भाउजूसँग प्रेम थियो, दाइ मार्न साथीलाई फकाएँ !

विराटनगर, १ असार । विराटनगरका औषधि व्यावसायी देवीप्रसाद दुलालको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका ब्रम्हदेव साहले दुलालको श्रीमतीसँगको प्रेम सम्बन्धका कारण साथीको सहयोग लिएर हत्या गरेको स्वीकार गरेका छन् ।

Padelux insider
cura insider

प्रहरीसँगको बयानमा उनले आफूसँग लभ परेकै कारण दुलालले श्रीमती मीना श्रेष्ठ दुलाललाई शारीरिक र मानसिक यातना दिएको बताएका छन् ।

३३ वर्षीय दुलालको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका दुलालकी श्रीमती मीना श्रेष्ठ, सिरहा लहान नगरपालिका–१० घर भइ हाल विराटनगर बस्ने २१ वर्षीय ब्रहमदेव साह र इटहरी १२ का २० वर्षीय सोनु साह अदालतको आदेशपछि पूर्पक्षका लागि थुनामा छन् ।

सम्बन्ध थाहा पाएपछि भाउजूलाई यातना

म (ब्रम्हदेव साह) २०७१ सालको असारमा एचएको इन्ट्रान्स पास भएपछि विराटनगर आएर बस्न थालेँ । पढाइको क्रममा २०७२ सालको असारदेखि विराटनगर–१० स्थित गृहलक्ष्मी महाजुको घरमा कोठा भाडा लिएको थिएँ ।

अध्ययनका शिलशिलामा देवीप्रसाद दुलाल र उनको श्रीमती मीना श्रेष्ठ भाउजुसँग चिनजान भयो । मेडिकल लाइनको विद्यार्थी भएका कारण देवीप्रसाद दुलालले मलाई काम गर्न प्रस्ताव गरेँ । मासिक ६ हजार पाउने भएपछि उनको पसलमा काम गर्न थाले ।

मैले काम सुरु गरेको करिब तीन महिनापछि रामकुमार राय पनि काम गर्न आए । म औषधिको विलिङ गर्थे । उसले (रामकुमार)ले अर्डर अनुसारको औषधि फार्मेसीहरूमा पुर्‍याउँथे ।

देवीप्रसादले मलाई आफ्नै भाइजस्तो व्यवहार गर्नुहुन्थ्यो । भाउजुले पनि माया गर्नुहुन्थ्यो ।

२०७५ साउनमा काम छोडेर लोकसेवा तयारी गर्न जनकपुर गएँ । केही महिना बसेपछि विराटनगर आएर विराटनगर रानीकी प्रेमिकासँग कोर्ट म्यारिज गरेर बसेँ ।

हामी विराटनगर धोवियारीमा कोठामा बसेका थियौं । श्रीमती इलाइवल पोली क्लिनिकमा काम गर्न थालिन् । मैले फेरि देवीप्रसादसँग काम मागेँ । उनले पुरानै काम गर्न दिए । मैले छोडेदेखि बिल इन्ट्रीको काम रोकिएको थियो ।

काम चल्दै थियो । त्यही क्रममा भाउजु मीनासँग नजिकिन थालेँ । उहाँले नै विभिन्न बहानामा छेउमा बोलाएर जिस्क्याउनु हुन्थ्यो । इमोमा कुरा हुन्थ्यो । एक पटक आइ लभ यू लेख्नु भयो । मैले पनि आइ लभ यू टु लेखेर पठाएँ ।

त्यसपछि हामी नजिक भयौं । यकिङ मिति थाहा भएन् । २०७६ सालको पुस महिनामा हामीबीच शारीरिक सम्पर्क भयो । त्यो दिन दाजु काम विशेषले इटहरीतिर जानु भएको थियो । अर्काे काम गर्ने पनि नभएको बेला भाउजुले बोलाएपछि कोठामा शारीरिक सम्बन्ध भयो ।

त्यसपछि पसल र घरमा कोही नभएको मौकामा हाम्रो सम्बन्ध भइरहेको थियो । दैनिकी चल्दै थियो । एकदिन रामकुमार रायसँगै रक्सी सेवन गर्दा भाउजू (मीना) सँग आफ्नो लभ परेको सुनाएँ ।

मदिरा खाँदा भएको गफ रामकुमारले देवीप्रसादलाई सुनाइदिएछ । दाईले रिसाएर मलाई कामबाट निकाले ।

भाउजुलाई पनि शारीरिक र मानसिक यातना दिन थालेछन् । देवीप्रसादले मोबाइल पनि खोसेछन् । कामबाट निकालेको २ महिनापछि विराटनगर बरगाछीको बुढाथोकी फार्मेसीमा काम गर्न थालें ।

भाउजुले कहिलेकाहिँ नयाँ नम्बरबाट फोन गरेर दाजूले शारीरिक मानसिक यातना दिने गरेको सुनाउनुहुन्थ्यो ।

२ जेठ शुक्रबार दिउँसो भाउजुले तनाब खप्न नसक्ने बताउनु भयो । उहाँले जसरी भएपनि बूढालाई मारौं । त्यसपछि सबै व्यवसाय तिमी र मैले गर्नुपर्छ भन्नुभयो ।

बूढालाई सिध्याउन जे पनि गर्नसक्छु भन्नु भयो । मैले सक्दिनँ भने । तर तिमीले गर्नै पर्छ भन्नुभयो ।

कसैले थाहा पाए आफू जिम्मेवार हुने बताएपछि म राजी भएँ । उहाँले शनिबारको दिन हत्या गर्न सजिलो हुने बताउनु भयो ।

कुरा गर्दा कोही एकजना साथी लिएर आउनु भन्नुभयो । प्रायःजसो शनिबार उहाँहरूकोमा पाटी हुन्थ्यो । पाटीमा आउने मान्छे राति १० बजेपछि फर्कने भएकाले शनिबार सोही बेला आउन भन्नुभयो ।

तिमीले भएसम्म एकजना साथी र डोरीसमेत लिएर आउनु साथीलाई सक्दो पैसा दिन्छु भनेपछि सोनुकुमार साहलाई सम्झिएँ । पहिलेसँगै डेरामा बसेका कारण सोनुसँग कुरा मिल्थ्यो । ऊ भारतमा पढ्दैथियो । तर लकडाउनले गर्दा घरमा आएको थियो ।

सोनुलाई बिहेको पाटी दिएको थिइनँ । ऊ खनार घरमा बस्दै आएको थियो । उसलाई बिहे पाटी दिने लोभमा विराटनगर ल्याउने योजना बनाए । तर उसले घरबाट आउँन दिँदैनन् भन्यो ।

३ जेठ शनिबार बिहान सोनुकुमारलाई लिन उसको घरमा नै गए । आमा बुबाले केहीदिन अगाडी मात्रै इण्डियाबाट आएकाले आउन दिनुभएको थिएन । तर मैले आइतबार बिहान ल्याइदिन्छु भनेपछि घरबाट आउन दिनुभयो । खनारबाट आएर फार्मेसीमा ११ बजेसम्म बस्यौं ।

सोही दिनको साँझमा सोनुलाई मोटरसाइकलमा राखेर गुद्रीतर्फ जाने क्रममा देवीप्रसाद दुलाललाई मार्ने योजना सुनाए । भाउजूले बोलाएको कुरा सुनाएपछि पनि ऊ जान मानिरहेको थिएन ।

मेरो साथी भएर मात्र हिँड, पैसा पाउछौं, बाँकी काम भाउजू र म गर्छाैं भनेपछि सोनुले मौन समर्थन जनायो । हाम्रो सल्लाहपछि १२० रुपैयाँको नाइलनको डोरी किनियो ।

सासूको बर्थडे भएकाले श्रीमती माइत गएकी थिइन् । विराट नर्सिङहोममा उसको नाइट डियूटी पनि थियो ।

सोनुलाई कोठामा पुर्‍याएर ससुरालीमा रहेकी श्रीमतीलाई डियूटीमा पुर्‍याइ दिएर म आउँछु भन्दै हिँडे ।

फर्केर कोठामा आउँदा एक क्वाटर सिग्नेचर रक्सी बोकेर आए । कोठामा आलु फ्राई गरेर मदिरा खायौं । बाइक कुदाउनु पर्ने भएकाले मैले थोरै खाएँ । राति करिब १०ः१५ मा हड्ने बेलामा पनि सोनुले मानिरहेको थिएन । तर तिमीले केही गर्नु पर्दैन भनेपछि ऊ साथीको रूपमा जान तयार भयो ।

मोटरसाइकलमा हामी न्यूरो अस्पताल अगाडिसम्म गयौं । त्यहाँबाट हिँड्दै गयौं । दुलाल बस्ने घरको बाहिर गाडीहरू नदेखेपछि हामी भित्र पस्यौं ।

हामी कोठा छेउ पुगेपछि भाउजु आएर राम्रोसँग सुतेको छैन भन्नुभयो । उहाँले माथिल्लो तल्लामा गएर बस्न भनेपछि हामी माथि गयौं ।

भ¥याङमा राखेको सर्जिकल पञ्जा ल्याएर दिँदै दाई निदाएपछि मोबाइल बालेर इसारा गर्छु भनेर कोठामा जानु भयो । कबि ११ बजे मोबाइलको लाइट बालेपछि हामी उहाँको कोठामा पस्यौं ।

देवीप्रसाद दुलालदाई ढोकाको दक्षिण पश्चिम साइडको पलङमा घोप्टो परेर सुतिरहनु भएको थियो । छोरा अर्काे खाटमा सुतेको थियो । मीना श्रेष्ठ दुलाल छोरा सुतेको बेडको छेउमा उभिरहनु भएको थियो ।

त्यसपछि मैले डोरी बिस्तारै दाइको घाँटीमा बेरेँ । मैले डोरीले घाँटी कस्ने बेलामा सोनुकुमारलाई हातखुट्टा थिच्न लगाएँ । म दुलालको ढाडमाथि चढेर घाँटीमा लगाएको डोरी कसेँ ।

डोरी कसिएपछि दुलाल छट्पटाए । मैले घचेट्दै थिच्ने क्रममा झ्यालको छेउमा दुलालको निधार ठोकियो । घाँटी बलपूर्वक कसेपछि डोरी चुडियो । मरेको छैन जस्तो लागेर पुनः डोरी कसेँ । तर ज्यान गइसकेको रहेछ ।

दुलालको चोट लागेको ठाउँ तथा मुख र नाक समेतबाट रगत बग्न थालेपछि कपडा मागेर रगत पुछिदिएँ । घाँटीमा भएको डाम नदेखियोस भनेर पोन्डस पाउडर लगाइदिएँ ।

त्यसपछि हामी जान्छौँ भन्दा भाउजुले एक्लै बस्न डर लाग्छ भन्नुभयो । ३–४ बजेसम्म बसेर जानु भनेपछि हामी दुवैजना सोही कोठामा बसी मोबाइल चलाउँदै बस्यौं ।

आइतबार बिहान साढे २ बजे हामी त्यहाँबाट निस्क्यौं । भाउजुले पैसा दिने भनेपनि माग्ने आँट आएन । उहाँसँग झोला मागेर दुलालको हत्या गर्न प्रयोग गरेको पन्जाहरू, डोरी, पाउडर र ब्यान्डेजसमेत झोलामा लिएर आएँ ।

त्यसपछि न्यूरो अस्पताल अगाडि राखेको मोटसाइकल लिएर मेरो कोठामा गएर सुत्यौं । बिहान ६ बजे उठेर सोनुलाई घर पुर्‍याइदिए । त्यसपछि नियमित कामका लागि म फार्मेसी गएँ । आइतबार बेलुका प्रहरीले मलाई समातेपछि सबैकुरा बताइदिएँ ।

सरकारी वकिलको कार्यालयले जिल्ला अदालत मोरङमा दायर गरेको अभियोग पत्रमा आधारित ।

jackson ribon