बैकल्पिक सिकाइ प्रकृया सुरु

काठमाण्डौ , १ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले बालबालिकाको सिकाइमा क्षति हुन नदिन वैकल्पिक सिकाई प्रक्रिया सञ्चालन गराउन थालेको बताएका छन ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सोमबारबाट सुरु गरेको सिकाई प्रविधिको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले बालबालिकाको सिकाईमा क्षति हुन नदिन वैकल्पिक प्रकृया थालेको बताएका हुन ।

उनले आधुनिक प्रविधिको उपयोग गरी अधिकतम लाभ लिन सबै विद्यार्थीहरुलाई आग्रह गरेका छन ।

प्रधानमन्त्री ओलीले महामारीको समाप्तीसँगै शैक्षिक प्रणालीमा नयाँ परिमार्जन हुने सम्भावना बढेको पनि बताए ।

कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनका कारण तीन महिनादेखी देशभरका सबै विद्यालयहरु बन्द छन ।

लामो समय विद्यालय खोल्न सम्भव नभएपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सिकाईलाई निरन्तरता दिन वैकल्पिक सिकाईलाई अगाडि सारेको हो ।

मन्त्रालयले घरलाई नै शिक्षालयको रुपमा विकास गर्ने उद्देश्यले टेलिभिजन, रेडियो, अनलाइन तथा डिजिटल प्रविधिको प्रयोगगरी सोमवारदेखि पठन–पाठन सुरु गरेको हो ।

Loading...