संघीय संसदबाट आर्थिक विधेयक २०७७ बहुमतले पारित

काठमाण्डौ , ३२ जेठ । संघीय संसदबाट सरकारले आगमी आर्थिक बर्षकालागि प्रस्तुत गरेको आर्थिक बिधेयक बहुमतले पारित भएको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा पेश गरेको आर्थिक विधेयक २०७७ आइतबार संघीय ससदमा बहुमतले पारित भएको हो ।

आर्थिक विधेयकमाथि उठेका प्रश्नहरुको जवाफ दिँदै अर्थमन्त्री खतिवडाले कोरोना संक्रमणको जोखिमलाई न्यूनिककरण गर्दै व्यवसाय सुचारु गरिने बताए ।

उनले संसदमा सबै दलहरु मिलेर जाने अभ्यास सुरु भएको उल्लेख गर्दै आर्थिक विकासकालागि पनि दलहरु मिलेर अगाडी बढ्नुपर्नेमा जोड दिए ।

कडा लक डाउनका कारण बैशाख र जेठ महिनामा केही अफ्ठ्यारो भएपनि अब व्यवसायीक वातावरण खुला भएकोले आन्तरिक व्यापार र भन्सार आयातमा पुरानै अवस्थामा फर्किने उनले बताए ।

अर्थमन्त्री खतिवडाले बैकहरुलाई सामान्य नाफाको अवस्थामा राखेर अगाडी बढ्नुपर्ने अहिलेको आवश्यकता भएकोमा जोड दिए ।

सांसदहरुले आर्थिक विधेयकले उद्योगि र व्यापारीले अर्बौ छुट पाउने र गरिब मजदुर किसानहरु महंगिमा पर्ने भन्दै संशोधन गर्नुपर्ने माग गरेका थिए ।

Loading...