मुख्यमन्त्रीको निर्देशनपछि पनि खोटाङका टंकप्रसादलाई निरन्तर छुवाछुत

न्याय खोज्दै मुख्यमन्त्री र सांसदकोमा पुगेको भन्दै आफन्तहरुले खै तेरो मुख्यमन्त्री र सांसदहरुले के लछारपाटो लगाए भन्दै झन चर्को विभेद गर्न थालेका छन ।

खोटाङ ३१ जेठ । समाजमा पुर्नस्थापित गराउन प्रदेश नं १ का मुख्य मन्त्री शेरधन राईले प्रशासनलाई निर्देशन दिएपछि पनि खोटाङका ७७ वर्षिय टंकप्रसाद आचार्य र उनको परिवारलाई अझै आफन्तहरुले समाजिक संस्कारमा बंचित गरिरहेका छन ।

छुवाछुत हटाउन १८ जेठ २०७६ मा सदरमुकाम दिक्तेलमा जिल्ला समन्वय समितिले आयोजना गरेको सहभोजमा सहभागीपछि समाजिक बहिष्कारमा परेका रुपाकोट मजुवावेसी नगरपालिका १ कोलावारी टोलका बृद्ध टंकप्रसाद र उनको परिवारलाई समाजिक पुर्नस्थापना गराउन ४ भदौ २०७६ मा खोटाङ प्रशासनलाई ठाडो निर्देशन दिएका थिए ।

तर मुख्यमन्त्रीले निर्देशन गरेपनि सो अनुसार प्रशासनले पुर्नथापनाका लागि पहल नगर्दा टंकप्रसाद र उनको परिवारलाई अझै आफन्तले निरन्तर समाजिक बहिष्कार गर्न छाडेका छैनन ।

बृद्धटंकप्रसादका अनुसार अझै आफन्तहरुले अझै , जन्म , मृत्यु , पुजाआजा , बिहे, ब्रतबन्ध लगायतका कुनैपनि धार्मिक र समाजिक सस्कारमा सहभागी हुनबाट बंचित गराइरहेका छन ।

उनलाई दमाई , कामी , सार्कीसँग सँगैबसेर खाएको र उनीहरुले ओढाएको सम्मान ग्रहण गरर जात फालेको भन्दै समाजले अघोषित बहिष्कार गरिहेको छ ।

अझै उनलाई समाजमा आफन्त र छिमेकीहरु कसैले पनि मरिमराउ , पूजाआजा र अन्य समाजिक कार्जेमा बोलाउने गर्देनन र उनको घरमा कोही पनि आफन्त जाने गरेका छैनन ।

सहभोज खाएकै कारण जात काढिएको भन्दै आफन्तले पटक पटक छुवाछुतको व्यावहार गर्दै आएका टंकप्रसादलाई ३० जेठ २०७७ मा पनि मरिमराउ कार्जेमा सहभागी हुनबाट बंचित समाजले बंचित गराएको छ ।

उनी राजविराजमा मृत्यु भएका ४५ बर्षिय सोमप्रसादको मृत्यु संस्कारमा सहभागी हुन पुगेका थिए । तर ४७ र ५५ बर्षिय झमप्रसाद आचार्यद्धय र ७० बर्षिय धनपती आचार्यको निर्देशनमा उनलाई मृत्यु संस्कारमा सहभागी हुन रोक लगाइएको हो ।

उनलाई समाजले कि सबै कार्जे जिम्मा लिन कि कार्जेस्थलमा जाँदै नजना चेतावनी दिदै पुगेमा किरियापुत्रीलाई सेतो लुगा फुकाल्न लगाएर धान रोप्न पठाइदिन्छौ भन्दै सहभागिताबाट बंचित गराइएको थियो ।

दलितसँग खाएर जात फालेको व्यक्त्ति मृत्यु संस्कारमा सहभागी भए कार्जे गराउने पुरोहित र आफन्तहरु कोही पनि सहभागी नहुने चेतावनी अझै पनि समाजले दिइरहेको छ ।

जातिय छुवाछुत हटाउन सरकारले आयोजना गरेको सहभोज कार्यक्रममा सहभागी हुँदा समाजिक बहिष्कारमा परेपछि २९ साउनमा टंकप्रसाद न्याय खोज्दै एक नम्बर प्रदेश सभामा साँसदहरुलाई आफना कुरा सुनाउन आएका थिए ।

सांसदहरु राजन राई , उमिता बराईली , जसमाया गजमेर लगायतले टंकप्रसादमाथि जातिय बिभेद र छुवाछुत गर्न संसद मार्फत सरकारलाई आग्रह गरेका थिए ।

त्यसपछि ४ भदौ २०७६ मा प्रदेश १ का मुख्य मन्त्री शेरधन राईले खोटाङका प्रमुख जिल्ला अधिकारीलाई फोन मार्फत टंकप्रसादलाई पुर्नस्थाना गराउन ठाडो निर्देशन दिएका थिए ।

तर मुख्यमन्त्रीको निर्देशन अनुसार प्रशासनले केही पनि पहल नगरको र आफुहरु अझै समाजिक बहिष्कारमा परिरहेको बृद्ध टंकप्रसादले बताए ।

मुख्यमन्त्रीको निर्देशनपछि ५ पुस २०७६ मा गाउँमा आयोजना भएको सार्वजनिक भागवत पुराणमा पनि सहभागी हुनबाट पनि बंचित गराइएको थियो ।

न्याय खोज्दै मुख्यमन्त्री र सांसदकोमा पुगेको भन्दै आफन्तहरुले खै तेरो मुख्यमन्त्री र सांसदहरुले के लछारपाटो लगाए भन्दै झन चर्को विभेद गर्न थालेका छन ।

जातिय विभेद र छुवाछुत अन्त गराउनकालागि सरकारले आयोजना गरेको सहभोज कार्यक्रममा सहभागी भएकै कारणले समाजिक बहिष्कारमा परेका बृद्ध टंकप्र्रसादले दोषीलाई कानुन अनुसार कार्वाही गरेर आफुलाई सम्मानपुर्वक समाजमा बस्न पाउने अधिकार सुनिश्चित गराउन माग गरेका छन ।

Loading...