birat ribon

अझै प्रभावकारी भुमिका खेल्न स्थानिय तहलाई डब्लुएचओको सुझाव

Neuro
अझै प्रभावकारी भुमिका खेल्न  स्थानिय तहलाई डब्लुएचओको सुझाव


काठमाण्डौ , ३० जेठ । विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि डाक्टर जोस भ्याण्डिलेरले स्थानीय सरकारलाई कोरोना संक्रमण नियन्त्रणमा भूमिका र सक्रियता बढाउन सुझाव दिएका छन ।

स्थानीय सरकारले आफ्नो भूमिका र सक्रियता बढाएमा नेपालमा छिटै नै कोरोना संक्रमणको जोखिम घटाउन सकिने सुझाव डाक्टर भ्याण्डिलेरलेको छ ।

cura insider

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय सरकारका पदाधिकारीका लागि गरेको अनलाईन प्रशिक्षण कार्यक्रममा संघ र प्रदेशको तुलनामा स्थानीय सरकारहरुले कोरोना रोकथाममा प्रभावकारी भुमिका खेल्न सक्ने बताए ।

उनले केसको पहिचान र व्यवस्थित क्वारेन्टीन बनाउने विषयमा स्थानिय तहको भुमिकमा निक्कै महत्वपुर्ण प्रभावकारी हुनेछ ।

कोरोना संक्रमणलाई समुदायमा जान नदिन महत्वपुर्ण भूमिका स्थानीय सरकारका जनप्रतिनिधिनै खेल्नुपर्ने छ , सुझावदिँदै डाक्टर भ्याण्डिलेरलेले भने ।

उनका अनुसार अहिले तत्कालको लागि नेपाल बाहिरबाट आउने नेपालीहरुलाई क्वारेन्टीनमा राख्ने र स्वास्थ्य परामर्श दिनु नै मुख्य काम हो ।

कोरोना संक्रमण नियन्त्रणमा गरिएको अन्तराष्ट्रिय अभ्यासको बारेमा जानकारी गराउदै डाक्टर भ्याण्डिलेरलेले सामाजिक र भौतिक दुरी कायम राख्दै मास्क,स्यानिटाईजर प्रयोग गर्नुको साथै साबुनपानीले हात धुनुपर्ने सचेतना फैलाउनमा जोड दिन पनि स्थानिय तहलाई आग्रह गरे ।

नेपालमा समुदायमा गरिने परीक्षण किट अभाव देखिएकोले कुल जनसंख्याको १ प्रतिशतमा मात्रै परीक्षण भएको र प्रति हजार शुन्य दशमलब १५ मा मात्रै संक्रमण भएको बताए ।

सिन्चुवान विश्वविद्यालयका प्रोफेसर डाक्टर टियान विङवीले चीनले संक्रमण न्यूनीकरण तथा रोकथामका लागि उच्च र निम्न जोखिमको वर्गिकरण गरी परीक्षण बढाउनुको साथै समुदायमा संक्रमण फैलन नदिने तर्फ कार्यक्रमहरु केन्द्रीत गर्न सुझाव दिए ।

jackson ribon