birat ribon

सुशासनका लागि युवाहरुले निरन्तर प्रर्दशन गर्ने

Neuro
सुशासनका लागि युवाहरुले  निरन्तर प्रर्दशन गर्ने

काठमाण्डौ , ३० जेठ । कोरोना भाइरस संक्रमण रोकथाम र उपचार कार्यलाई प्रभावकारी वनाउन युवाहरुले आफनो प्रर्दशनलाई निरन्ता दिइरहेका छन ।

सतप्रतिशत पीसीआर परीक्षण गर्नुपर्ने , संक्रमण रोकथममा भएको खर्च पारदर्शी गर्नुपर्ने , क्वारेन्टाइन व्यवस्थित गराउनुपर्ने भन्दै काठमाण्डौमा सरकार विरुद्ध प्रर्दशनमा उत्रिएका युवाहरुले आफनो प्रदर्शनलाई निरन्तरता दिइरहका हुन ।

cura insider

युवाहरुले आज शुक्रबार पनि काठमाण्डौको बसन्तपुरमा समाजिक दुरी कायम गर्दै सरकारको विरोधमा प्रर्दशन गरेका छन ।

आफना मागहरु पुरा नभएसम्म सरकारको विरोधमा आन्दोलन जारी राख्ने युवाहरुले बताएका छन ।

शनिबार युवाहरुले माइतीघरमा प्रदर्शन गर्ने र मंगलबार झम्सिखेलमा दिप प्रज्वलन गर्ने कार्यक्रम राखेका छन ।

बिहीबार बालुवाटारमा भएको प्रदेशमा प्रहरीले बल प्रयोग गरेको थियो । बिहिबार विराटनगर , जनकपुर, बिरगन्ज , बारा लगायतका स्थानमा पनि प्रदर्शन भएको थियो ।

गृहमन्त्रालयले लक डाउनको उलंघन गरी प्रदर्शन गर्नेहरुलाई मारामारी नियन्त्रण ऐन अनुसार कारवाही गर्न सबै जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिइसकेको छ ।

jackson ribon