birat ribon

क्यान्सरबाट वडाध्यक्षको निधन

Neuro
क्यान्सरबाट वडाध्यक्षको निधन

मकवानपुर, ३० जेठ । मकवानपुरको मनहरी गाउँपालिका–३ का वडाध्यक्ष मानबहादुर स्याङतानको निधन भएको छ ।

क्यान्सर रोगबाट ग्रसित स्याङतानको उपचारका क्रममा बिहीबार चितवन मेडिकल कलेजमा निधन भएको हो ।

cura insider

मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीका अनुसार कलेजोको क्यान्सर रोगबाट ग्रसित स्याङ्तानको चितवन मेडिकल कलेजमा उपचारका क्रममा बिहीबार साँझ निधन भएको हो ।
नेकपा मनहरी गाउँपालिकाका सचिवालय सदस्य तथा तत्कालीन हाँडिखोला गाविसका निर्वाचित गाविस उपाध्यक्ष रहेकास्यांङ्तानको शव हिजै बेलुका मनहरी ल्याइएको छ ।

उनको आजै अन्त्येष्टि गरिने बताइएको छ ।

jackson ribon