birat ribon

छातीमा गोली लागेको अवस्थामा सेनाका प्यूठ मृत फेला

Neuro
छातीमा गोली लागेको अवस्थामा सेनाका प्यूठ मृत फेला

काठमाडाैं, ३० जेठ । काठमाडौँको वीरेन्द्र सैनिक अस्पतालमा कार्यरत सेनाका प्यूठ शुक्रबार मृत फेला परेका छन् ।

छातीमा गोली लागेको अवस्थामा सेनाका प्यूठ डम्बर विष्ट मृत फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले जानकारी दिए ।

cura insider

घटना गएराति भएको हो । ज्ञवालीले प्रारम्भिक अनुसन्धानमा उनको आफ्नै हतियारबाट गोली लागेको देखिएको जानकारी दिए ।

आत्महत्या गरेको जस्तो देखिए पनि घटनाको अनुसन्धानपछि मात्रै एकिन जानकारी आउने प्रहरीले जनाएको छ ।

शव परीक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ ।

अघिल्लो महिना स्वयम्भूमा एक प्रहरी पनि यसैगरी गोली लागेको अवस्थामा मृत फेला परेका थिए । रासस

jackson ribon