birat ribon

यौन सम्पर्क गर्दा मास्क लगाउनुपर्ने अनुसन्धानकर्ताको सुझाव

Neuro
यौन सम्पर्क गर्दा मास्क लगाउनुपर्ने अनुसन्धानकर्ताको सुझाव

विराटनगर, २९ जेठ । सामाजिक दूरीको अभ्यास, मास्कको प्रयोग, कम्तिमा २० सेकेन्डसम्म हात धुने – कोरोना भाइरस रोक्नका लागि सिफारिसहरू परिचित छन्  ।

Padelux insider
cura insider

तर, अब अमेरिकाले कोरोना महामारीको अवधिमा यौन सम्पर्क गर्दा मास्क लगाउनुपर्ने र चुम्बन गर्न नहुने भन्दै आफ्नो नयाँ ‘गाइडलाइन’ अपडेट गरेको छ ।

हवार्डका अध्ययनकर्ताहरूले एकसाथ क्वारेन्टाइनमा नबस्ने मानिसहरूले अनुहारको मास्क लगाउँनुपर्ने र सेक्सको समयमा चुम्बन गर्नबाट जोगिनुपर्ने सुझाव दिएका हुन् ।

भाइरल एरोसोलद्वारा प्रसारित हुने हुँदा सेक्स पार्टनरसँग यौन सम्पर्कको अवधिमा कोरोना भाइरस सर्नसक्ने भन्दै सचेत गराउन यस्तो सुझाव दिइएको हो ।

एनाल्स अफ इन्टरनल मेडिसिनमा प्रकाशित गरिएको अनुसन्धानमा सँगै क्वारेन्टाइनमा नबसेका व्यक्तिसँग यौन सम्बन्ध राख्नु अगाडि भाइरसको जोखिम घटाउन धेरै जनासँग यौन सम्बन्ध नराख्ने, कोभिड १९ सँग मिल्दोजुल्दो लक्षणहरू भएका साथीहरूसँग यौन सम्बन्ध राख्ने, चुम्बन गर्न नहुने, मुखबाट प्रसारणको जोखिमसहितको व्यवहार, मास्क लगाउने, सेक्स गर्नुअघि र पछि नुहाउने, यौनाङ्गहरू सफा गर्नुपर्ने उल्लेख गरिएको छ ।

यस अघिपनि न्युयोर्कका स्वास्थ्य अधिकारीहरूले यसअघि सबैलाई सेक्स पार्टनरसँग सुरक्षित रहनुपर्ने बताएका थिए । 

jackson ribon