सुनको मूल्यले बनायो कीर्तिमान, एकतोलाको करिब ९० हजार

काठमाडौं, २९ जेठ । नेपाली बजारमा सुनको मूल्यमा अनपेक्षित रूपमा बढेको छ । बिहीबार बजार खुल्दा प्रतितोला सुनको मूल्य रु ८९ हजार ६०० कायम भई हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।

आज छापावाल सुनको मूल्य बुधबारको तुलनामा रु हजारले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

यसैगरी, तेजाबी सुन प्रतितोला रु ८९ हजार १६५ मा कारोवार भइरहेको छ भने चाँदीको मूल्य प्रतितोला रु ९५० कायम भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै त्यसको स्थानीय बजारमा पनि प्रभाव परेको सुनचाँदी व्यवसायीले बताएका छन् ।

गत आइतबारदेखि सुनको मूल्यमा निरन्तर बढोत्तरी भइरहेको छ । उक्त दिन रु ८७ हजार ४०० मा एकतोला सुन खरिद बिक्री भएको थियो ।

Loading...