birat ribon

लकडाउन समयमा घटेका अपराधका घटना छानविन गर्न सांसदहरुको माग

Neuro
लकडाउन समयमा घटेका अपराधका घटना छानविन गर्न सांसदहरुको माग

काठमाण्डौ , २९ जेठ । लकडाउन समयमा घटेका विभिन्न हत्या र आत्महत्याका घटनाको निष्पक्ष छानबिन गर्न राष्ट्रियसभा सदस्यहरुले माग गरेका छन ।

राष्ट्रियसभाको बिहीबारको बैठकमा शुन्य समयमा बोल्दै राष्ट्रिय सभा सदस्यहरुले लकडाउन समयमा हत्या तथा आत्महत्याका घटनाका सम्बन्धमा प्रभावकारी अनुसन्धान हुन नसकेको भन्दै छानविनकालागि माग गरेका हुन ।

cura insider

नेपाली कांग्रेसकी सांसद तारादेवी भट्टले पछिल्लो समय भएका हत्या र आत्महत्याका घटनाहरुमा प्रभावकारी रुपले अनुसन्धान नभएको भन्दै छानविन गरेर दोषीलाई कडा कारबाही गर्न सरकारसँग माग गरिन ।

नेपाली कांग्रेसकी अनिता देवकोटाले रुकुममा नवराज विकको हत्याको घटना सेलाउन नपाउँदै सप्तरीमा एकजना दलित माहिलालाई बोक्सीको आरोपमा कुटपिट गरिएको भन्दै कार्वाहीकालागि सरकारको ध्यान आर्कषण गराइन ।

घटनापछि पीडितलाई मेलमिलाप गर्ने भन्दै स्थानीय तहले उजुरी दर्ता गर्न नदिएको भन्दै सबैलाई कारबाहीको माग उनले माग गरिन ।

नेकपा उदया शर्मा पौडेलले कोरोना भाइरसको महामारीका कारण बेरोजगारी र भोकमरीबाट प्रताडित भई जेठ २६ गते अछामको बयलपाटा अस्पतालमा रोजगारी खोसिएका सिद्धार्थ आउसीले आत्मदाह गर्न बाध्य भएको भन्दै सरकारको ध्यान आर्कषण गराइन ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का चक्रप्रसाद स्नेहीले अछाममा अस्पतालमा रोजगारी गुमाएर आत्महत्या गर्न पुगेका व्यक्तिका परिवारलाई क्षतिपूर्तिको माग गरिन ।

रुपन्देहीको पशु फार्ममा सामुहिक रुपमा ५ जनाको हत्या भएको घटनामा मानसिक सन्तुलन ठिक नभएका व्यक्तिले हत्या गरेको कुरा विश्वसनीय नभएकोले उचित छानविन गर्न माग गरिन ।

jackson ribon