birat ribon

वाग्मती प्रदेशमा संक्रमितको संख्या १४४, कोरोनाकै कारण चारको मृत्यु

Neuro
वाग्मती प्रदेशमा संक्रमितको संख्या १४४, कोरोनाकै कारण चारको मृत्यु

हेटौडा, २९ जेठ । कोरोना भाइरस संक्रमणका कारण बाग्मती प्रदेशमा ज्यान गुमाउनेको संख्या चार पुगेको छ । प्रदेशभरी संक्रमितको संख्या १४४ पुगेको छ ।

प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशका ३७ सङ्क्रमित कोरोनालाई जितेर घर फर्किएका छन् भने १०३ जना अझै उपचाररत छन् ।

cura insider

सामाजिक विकास मन्त्रालयका कोरोना विभागका प्रमुख डा पुरुषोत्तम सेढाईँका अनुसार प्रदेशका १३ जिल्लामध्ये चितवनमा सबैभन्दा धेरै ३१ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

यसअघि कोरोना सङ्क्रमणमा पहिलो रहेको काठमाडौँलाई चितवनसहित धादिङले समेत उछिनेको छ ।

कोरोना सङ्क्रमितको सङ्ख्या धादिङमा २९ र काठमाडौँमा २७ रहेको छ ।

रसुवामा भने हालसम्म एक जनामा पनि सङ्क्रमण नदेखिएको मन्त्रालयले जनाएको छ । यसअघि सङ्क्रमण नदेखिएको दोलखा जिल्लामा बुधबार दुई जनामा सङ्क्रमण पुष्टि भएको छ । रासस

jackson ribon