birat ribon

राष्ट्रपतिको विरोध गर्नेहरु गणतन्त्र विरोधी – प्रम ओली

Neuro
राष्ट्रपतिको विरोध गर्नेहरु गणतन्त्र विरोधी  – प्रम ओली

काठमाण्डौ , २८ जेठ । प्रधानमन्त्री ओलीले राष्ट्रपतिको विरोध गर्नेहरुलाई गणतन्त्र विरोधी भनेका छन ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै प्रम ओलीले राष्ट्रपति जस्तो निष्पक्ष र मर्यादित संस्थालाई आक्रमण गर्नेहरु गणतन्त्र विरोधीहरु ह्ुन भनेका हुन ।

cura insider

उनले राष्ट्रपतिमाथि भैरहेको आक्रमण गणतान्त्रिक प्रणालीलाई कमजोर बनाउने र गणतन्त्र ठिक होइन भन्ने कुरालाई लैजाने षडयन्त्रका रुपमा आफुले बुझेको बताएका छन ।

उनले राष्ट्रपतिलाई निष्पक्ष मर्यादित संस्थाको रुपमा व्यवहार गर्नुपर्नेमा जोड दिए ।

जे कुरामा पनि राष्ट्रपतिको विरोध गर्ने र दलगत रुपले हेर्ने कुरा उचित होइन भन्दै प्रम ओलीले भने – ‘राष्ट्रपतिले कोरोनाका विरुद्ध नलड चौरी चिटिक्क पार् भन्या हो र ?’

jackson ribon