birat ribon

कोरोना रोकथाममा प्रदेश र स्थानिय तहको काम असाधारण – प्रम ओली

Neuro
कोरोना रोकथाममा प्रदेश र स्थानिय तहको काम असाधारण – प्रम ओली

काठमाण्डौ , २८ जेठ । प्रधानमन्त्री केपी ओलीले कोभिड १९ को रोकथाम, नियन्त्रण तथा उपचारमा प्रदेश र स्थानीय तहको काम असाधारण रहेको भन्दै प्रशंसा गरेका छन ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा विनियोजित बजेटमाथि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिदै प्रम ओलीले प्रदेश सरकार र स्तथानिय तहले कोरोना रोकथाम र नियन्त्रणमा खेलेको भूमिका असाधारण रहेको भन्दै प्रशंसा गरेका हुन ।

cura insider

प्रम ओलीले भने , ‘कोरोना रोकथामकालागि विश्वासबाट काम थालेको र असाधारण ढंगले काम भईरहेकाले प्रदेश र स्थानियतहको भावनामा ठेस पुग्ने शब्दाबली कसैले पनि प्रयोग नगरौ ।,

प्रम ओलीले केन्द्रले प्रदेश र स्थानीय तहमा रकम पठाउन लागेको जानकारी दिदै परिस्थितिमा संकटको मौका पारेर उनीहरु भ्रष्टाचार गर्न पर्खि बसेका थिए र बजेट पाउने वित्तिकै भ्रष्टाचार गरे भनेर शंका नगर्न पनि आग्रह गरे ।

भ्रष्टचार भयो भनेर शंका नगर्न आग्रह

प्रधानमन्त्री ओलीले कोभिड १९ रोकथाम, नियन्त्रण तथा उपचारमा भ्रष्टाचार भयो भनेर शंका नगर्न आग्रह गरेका छन ।

सबै हिसाव पारदर्शी ढंगले आउने भन्दै भ्रष्टचार भयो भनेर शंका नगर्न आग्रह गरेका हुन ।
प्रधानमन्त्री ओलीले महामारीको संकटमा कसैले भ्रष्टाचार गरेको पाईए सरकारले कडा कानुनी कारवाही गर्ने प्रतिवद्धता जनाए ।

तर अरुलाई लाञ्छना लगाउने र सधै अनियमितता भयो भन्ने प्रवृतिमा नलाग्न पनि प्रम ओलीले आग्रह गरे ।

अनियमितता भयो भनेर लाञ्छित गर्ने प्रवृति पनि हावी छ । यसैले कसैले पनि त्यो प्रवृतिमा नबग्न अनुरोध गर्दै प्रम ओलीले कुनै पनि प्रकारको अनियमितता, भ्रष्टाचार सरकारले नसहने बताए । उनले भ्रष्टचार गर्ने माननियहरुलाई पनि सरकारले कानुनी कार्वाही गर्ने सुनाए ।

लकडाउन प्रभावकारी भएको प्रमको दावी

प्रधामन्त्री ओलीले कोभिड १९ सबैको साझा शत्रु भएकाले यसको नियन्त्रण गर्दा भएका आलोचनाहरुलाई आफुले सकारात्मक रुपमा लिएको बताए ।

उनले सरकारले गरेको लकडाउनको प्रभावकारीका भने देखिएको दाबी गरे । केही स्थानमा व्यवस्थापनको कमजोरी देखिए पनि कोभिड १९ बाट बच्न र बचाउन नागरिकले अवलम्बन गर्ने स्वास्थ्य सर्तकता कायम गराउने सवालमा सरकारका प्रयासले सचेतना फैलिएको दाबी प्रम ओलीले गरे ।

कोभिड १९ संक्रमण बढ्ने क्रम ‘बाँध फुटेको बाढी’ जसरी फुटेकाले केही समस्या भएको भन्दै सरकारको व्यवस्थापन प्रभावकारी ढंगले भैरहेको प्रम ओलीले दाबी गरे ।

उनले कोरोना नियन्त्रणकाालागिपिसिआर परीक्षणको दायरा बढाएको भएपनि विदेशबाट आउनेको संख्या बढेकाले समस्या भएको बताए ।

उहाँले क्वारेन्टाइन मापदण्ड अनुरुप भए नभएको अनुगमन गर्न पठाईएको र मापदण्ड नपुगेका हरुको सुधार गर्दे लगिने प्रतिबद्धता जनाए ।

नेपाल फर्कनै पर्ने व्यक्तिहरुलाई नेपाल फर्काउने व्यवस्था मिलाईएकाले क्रमैसंग ल्याईने जानकारी गराए ।

jackson ribon