birat ribon

प्रधानमन्त्री ओलीले गरे राष्ट्रिय एकताको प्रशंसा

Neuro
प्रधानमन्त्री ओलीले गरे  राष्ट्रिय एकताको प्रशंसा

काठमाण्डौ, २८ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएको संविधान संशोधन प्रस्तावप्रति संसदभित्र र वाहिर देखिएको एकताप्रति आभार प्रकट गर्दै प्रशंसा गरेका छन ।

बुधबार प्रतिनिधिसभामा सम्बोधन गर्दै प्रम ओलीले मंगलबारको प्रतिनिधिसभाको बैठकमा सांसदहरुबाट असाधारण राष्ट्रिय एकता प्रकट भएको भन्दै सबैप्रति आभार व्यक्त गदै सबैको प्रशंसा गरेका हुन ।

cura insider

दलिय व्यवस्था र संसदीय अभ्यासमा राष्ट्रिय एकताका परिस्थितिहरु कहिलेकाही मात्रै देख्न पाईने भन्दै प्रम ओलीले राष्ट्रिय समस्यासंग जुध्न र साझा चुनौतीको सामना गर्न संसद जिम्मेबार र एकताबद्ध छ भन्ने सन्देश दिन सफल भएको बतनाए ।

उनले भने , ‘राष्ट्रिय एकताको अभुतपुर्व सफलताकालागि म संसदमा उपस्थित राजनीतिक दल र सांसहरुप्रति धन्यवाद र आभार व्यक्त गर्दछु ।’

प्रधानमन्त्री ओलीले नेपाली भूमिमाथिको न्यायोचित हक अधिकार स्थापित गर्ने साझा विषयमा संसदबाहिर देखिएको एकताप्रति पनि अभार प्रकट गरे ।

पुर्खाले लडेर बचाएको देश भएकाले वर्तमान अवस्थामा राष्ट्रियताको विषयमा अडिन सक्नुपर्ने र त्यसका लागि सबैको ऐक्यवद्धता प्राप्त हुन सह्रानिय भएको प्रम ओलीको भनाई छ ।

राष्ट्रियताकालागि कसैलाई देवकत्वकरण गर्ने भन्ने सवाल नै नभएको भन्दै प्रम ओलीले लामो समय देखि जनस्तरबाट उठेको राष्ट्रियताको सवालमा सबै एक भएर फराकिलो भावनाका साथ अघि बढ्नुपर्नेमा जोड दिए ।

प्रम ओलीले भने, “कसैले जस पाउला कि भनेर चिन्ता गर्नुपनि पर्दैन को जसबाट छुट्ला कि भन्ने चिन्ता मान्नु पर्दैन देशले जिते सबैले जित्ने हो । ”

jackson ribon