birat ribon

विदेशी सेना नेपाली भूमीबाट फिर्ता पठाउने संकल्प प्रस्ताव पारित गराउन सांसदको जोड

Neuro
विदेशी सेना नेपाली भूमीबाट फिर्ता पठाउने संकल्प प्रस्ताव पारित गराउन सांसदको जोड

काठमाण्डौ, २८ जेठ । अतिक्रमित नेपाली भूमि समावेश गरिएको नक्सा संगै नेपाली भूमिबाट विदेशी सेना पनि फिर्ता गर्नुपर्ने संकल्प प्रस्ताव पारित गर्न संघीय सांसदहरुले जोड दिएका छन ।

नक्सा अनुसार निशान छाप संशोधन गराउन सरकारले संसदमा दर्ता गराएको संविधान (दोश्रो) संशोधन विधयकको सर्मथन गर्दे सांसदहरुले नक्सासँगै नेपाली भूमीपनि फिर्ता गर्न संकल्प प्रस्ताव पारित गराउन सांसदहरुले जोड दिएका हुन ।

cura insider

प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सांसदहरुले अतिक्रमित भूमि फिर्ता संगै नेपाली भूमिबाट विदेशी सेना फिर्ता पठाउने संकल्प प्रस्ताव पनि सदनबाट पारित गर्नुपर्ने धारणा राखेका थिए ।

मंगलबारको बैठकमा सांसदहरुले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको हो भन्ने कुरा इतिहासले प्रमाणित गरेको छ ।

यसैले नेपाली भूमि फिर्ताका लागि भएको प्रयासलाई गतल ढंगले टिप्पणी नगर्न सांसदहरुले सचेत गराएका छन ।

साथै सबैको ताकतलाई शक्तिको रुपमा लिएर अतिक्रमित नेपाली भूमि फिर्ता संगै भारतीय सेना फर्काउने जिम्मेवारी पुरा गर्न सकोस् भन्ने शुभकामना पनि दिएका थिए ।

नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले संविधान संशोधनको पक्षमा नेपाली कांग्रेसले दृढ समर्थन रहेको बताए ।

संघीय समाजवादी फोरमका राजेन्द्र प्रसाद श्रेष्ठ राष्ट्रिय स्वाधिनता भू–अखण्डता, सार्वभौमसत्ताको विषयमा कसैसंग सौदाबाजी हुनसक्दैन भने ।

सांसद गगन कुमार थापाले संविधान संशोधन संगसंगै नक्सा मात्रै नभई नेपाली भूमिबाट विदेशी सेना फर्काएर छाड्छौ भन्ने संकल्प संसदबाट पास गरिनुपर्नेमा जोड दिए ।

सांसद खगराज अधिकारीले कालापानी, लिम्पियाधुरा र लिपुलेक मात्रै नभई सुस्ता पनि नेपालको भएकाले संसारको कुनै ताकतले खोस्न नसक्ने धारणा ब्यक्त्त गरे ।

उनले नेपाली भूभागबाट भारतीय सेना हटाउने र अतिक्रमित भूभाग फिर्ता ल्याउने सम्बन्धी संसदमा दर्ता भएका ३ वटै प्रस्तावलाई एउटै बनाएर एकमत भई संसदबाट पास गराउन प्रस्ताव गरे

सांसद पुष्पा भुसाल गौतमले अतिक्रमित भूमि फिर्ताका लागि राजनीतिक र कुटनीतिक पहललाई अघि बढाउदै संविधान संशोधनको प्रस्ताव सर्वसम्मत ढंगबाट पारित गराउनका लागि पहल गर्न सरकारसंग आग्रह गरेका थिए ।

jackson ribon