आगामी बर्ष राष्ट्रिय गौरवका आयोजना निर्माणमा तीब्रता

काठमाण्डौ,२७ जेठ । आगामी बर्ष राष्ट्रिय गौरवका सिँचाई आयोजनाहरुको निर्माणलाई तीब्रता दिइने भएको छ ।

राष्ट्रिय गौरवका सिँचाई आयोजनाहरु सिक्टा, रानीजमरा, कुलरिया, भेरी बबई डाइभर्सन र बबईको निर्माण कार्यलाई छिटो सम्पन्न गर्ने निर्माण कार्यलाई तिब्रता दिइने भएको हो ।

उर्जा तथा सिँचाई मन्त्री बर्षमान पुनले महाकाली सिचाईं आयोजनालाई पनि राष्ट्रिय गौरवको आयोजनाको रुपमा अगाडि बढाइएको दिए ।

उनका अनुसार सबै राष्ट्रिय गौरवका आयोजनाहरु आगामी बर्ष सम्पन्न गरिसक्ने सरकारको लक्ष्य छ ।

दुई नम्बर प्रदेशको भरपर्दो सिचाईकालागि सुनकोसी मरिन डएभर्सन बहुउद्देशिय आयोजनाको सम्पूर्ण तयारी भइसकेको र आगामी आर्थिक वर्षमा सुरुङ निर्माणको काम सुरु हुनेछ ।

कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको २७ प्रतिशत योगदान रहेको र राष्ट्रिय गौरवका सिचाई आयोजना सम्पन्न गर्दा २ प्रतिशत आर्थिक वृद्धि थप हुनेछ ।

साथै सिचाईले मात्रै करिब २८ लाखले थप रोजगारी पाउने अनुसन्धानले देखाएको छ ।

Loading...