भारत र बंगलादेशमा बिद्युत निर्यात गर्न पुर्वाधार निर्माणमा जोड

काठमाण्डौ, २७ जेठ । भारत र बंगलादेशमा समेत बिद्युत निर्यात गरेर विक्री गर्ने गरी पूर्वाधार निर्माणमा जोड दिइएको छ ।

गत वर्ष देखि इनर्जी एक्सचेन्जको मार्फतबाट भारतीय बजारमा पठाइएको र अव पनि अधिक इनर्जीलाई सोही माध्यमबाट पठाउने काम भइराखेको छ ।

उर्जा मन्त्री बर्षमान पुनका अनुसार भारतीय सरकारी कम्पनी एनबीबीएन सँग विद्युत प्राधिकरणको जोइन्ट भेन्चरमा काम गर्ने तयारी भइराखेको छ ।

त्यसबाहेक भारतीय र बंगलादेशको बजारमा पठाउनको लागि विभिन्न काम भैरहेको छ ।

दिर्घकालिन रुपले भारत र बंगलादेशको बजारमा जाने गरी भारतीय सरकारको क्रसबोर्डर इलेक्ट्रीसिटी ट्रेडिङको गाइडलाइन अनुसा केही कार्यविधिहरु बन्ने क्रममा र त्यसको प्रगती पन िभैरहेको छ ।

गत वर्ष झण्डै १८ अर्बको विद्युत भारतबाट आयात भएको थियो भने ३७ करोडको मात्र निर्यात भएको थियो ।

लकडाउनका कारण सुरुमा जलविद्युत आयोजनाको निर्माणको कार्य प्रभावित भएपनि हाल पूर्णरुपमा कार्यान्वयनमा आइसकेको छ ।

मन्त्री पुनका अनुसार आगामी बर्ष करिब ३२ सय मेगावाट विद्युत उत्पादन गर्ने क्षमताको आयोजनामा काम भइराखेको छ ।

Loading...