birat ribon

राष्ट्रियताको इमान्दारितामा शंका नगर्न राजपा नेता कर्णको आग्रह

Neuro
राष्ट्रियताको इमान्दारितामा शंका नगर्न राजपा नेता कर्णको आग्रह

काठमाण्डौ , २७ जेठ । राष्ट्रिय जनता पार्टीका सांसद लक्ष्मण लाल कर्णले राष्ट्रियताको इमान्दारिताबारे आफुहरु माथि शंका नगर्न आग्रह गरेका छन ।

मंगलबार प्रतिनिधिसभामा दोश्रो संशोधन विधेयक माथिको सैद्धान्तिक छलफलमा बोल्दै सांसद कर्णले राष्ट्रियतामा शंका नगर्न आग्रह गरेका हुन ।

cura insider

नेपालको भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधिनताप्रति आफुहरुको दुई मत नभएको पटक पटक भनिसक्दा पनि आफुहरुमाथि शंका गर्ने गरेको नेता कर्णले बताए । उनले म मात्रै राष्ट्रवादी हुँ अरु होइनन् भन्ने कुराको कल्पना नगर्न सांसद र दलहरुलाई आग्रह गरे ।

नेता कर्णले समय सापेक्ष सुगौली सन्धि भएको तर त्यसपछि पनि देशले विभिन्न सन्धि गरेको बताए । सन १९५० को महाकाली सन्धि गरेको कस्ले कस्ले गरेको हो भनेर आत्मालाई साँझी राखेर सोच्न आग्रह गरे ।

भूमि फिर्ता गर्नका लागि सरकारबाट राम्रो कामको सुरुवात भएको भन्दै अझ विशेष गम्भीर रुपले चिन्तन गरेर कुटनीक माध्यमबाट समस्या समाधान खोज्न सुझाव दिए ।

jackson ribon