तीन वर्षदेखि हराएका श्रीमान टिकटकमा देखिएपछि…

एजेन्सी, २७ जेठ । भारतकी एक महिलाले तीन वर्षदेखि हराइरहेका पतिलाई टिकटकमा भेटेकी छिन् । टिकटकमा भेटेपछि दुईको पुनर्मिलन भएको बताइएको छ ।

पति हराएको निवेदन दर्ता गर्दा पनि उनका पतिलाई पत्ता लगाउन सकेको थिएन ।

ती पुरुष सन् २०१६ मा भागेर तेस्रोलिङ्गी महिलासँगको सम्बन्धमा रहेको बीबीसीलाई पुलिसले जनाएको छ ।

पत्नीका एकजना नातेदारले ती पुरुषलाई टिकटक भिडियोमा तेस्रोलिङ्गीसँग देखेपछि प्रहरीले खोजी सुरु थालेको थियो ।

महिला बस्दै आएको विलुपुरम जिल्लाभन्दा २०० किलोमिटर टाढा दक्षिणी राज्य तामिलनाडु राज्यको होसुर सहरमा पुलिसले उक्त पुरुषलाई भेटाएका हुन् ।

जिल्लाको तेस्रोलिङ्गी सङ्गठनमा सम्पर्क गरेपछि भिडियोमा देखिएको तेस्रोलिङ्गी महिलाको पहिचान गर्न सहयोग पाएको पुलिसले बीबीसी तमिललाई बताएका हुन् ।

Loading...