birat ribon

बालुवाटारमा प्रदर्शनकारीमाथि पानीको फोहोरा

Neuro
बालुवाटारमा प्रदर्शनकारीमाथि पानीको फोहोरा

काठमाडाैं, २७ जेठ । प्रहरीले बन्दाबन्दीको उल्लंघन गर्दै सडकमा प्रदर्शन गर्न खोज्नेहरूलाई पानीकाे फोहोरा हानेर हटाएकाे छ ।

काठमाडौँको बालुवाटार क्षेत्रमा लकडाउनको विरोध गर्दै सडकमा उत्रिएका प्रदर्शनकारीलाई मंगलबार पानीको फोहरा हानेर हटाइएको र नियम उल्लङ्घन गर्ने १० जनालाई नियन्त्रणमा लिइएको हाे ।

cura insider

महानगरीय प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीका अनुसार प्रदर्शनकारीले सरकारले बन्दाबन्दीको आदेश जारी गरेकामा त्यसको उल्लंघन गरी सडकमा समेत अवरोध गरेका थिए ।

सोही क्रममा पानीको फोहरा हानेर हटाइएको थियो । उनीहरुले सङ्क्रमक रोग नियन्त्रण ऐन २०२० अनुसार कानून उल्लंघन गरेको प्रहरीले जनाएको छ ।

jackson ribon