birat ribon

महामारीको सबै खर्च विबरण सरकारले सार्वजनिक गर्ने अर्थमन्त्रीको जवाफ

Neuro
महामारीको सबै खर्च विबरण सरकारले सार्वजनिक गर्ने  अर्थमन्त्रीको जवाफ

काठमाण्डौ,२७ जेठ । अर्थमन्त्री डा. युवराज खतिवडाले महामारीको बेलामा भएको खर्चको सबै विवरण सार्वजनिक गर्ने बताएका छन ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा विनियोजन विधेयक २०७७ अन्तर्गत अर्थमन्त्रालयसँग सम्बन्धीत बजेटबारे उठेका प्रश्नहरुको जवाफ दिदै अर्थमन्त्री खतिवडाले व्यवस्थित र पारदर्शी मात्रै नभएर सबै जनतालाई सुसुचित गर्ने पनि भएकाले महामारी समयमको सबै खर्च सार्वजनिक गरिने जानकारी संसदमा दिएका हुन ।

cura insider

मन्त्री खतिवडादले सरकारको आर्थिक क्षमता र भारबहन गर्न सक्ने क्षमता अनुसार राहत र पुनरउत्थानको कार्यक्रम ल्याइएको जानकारी गराए ।

अर्थमन्त्री खतिवडाले विद्युतीय गाडी कुदाएर मात्रै विद्युतको खपत नबढ्ने बताए । विद्युत खपत बढाउनका लागि औद्योगीकरण र ग्रामीण विद्युतीकरणमा जोड दिनुपर्ने उनको भनाई छ ।

सरकारले सर्वसाधारण जनाको पहुँचमा हुने सार्वजनिक सवारीका साधनलाई महत्व दिदै विद्युतीय सार्वजनिक सवारीको भन्सार दर एक प्रतिशत नै कायम राखिएको कुरा नबिर्सन सरकारलाई आग्रह गरे ।

यस्तै चक्लेटमा २०७१÷७२ देखि ३० प्रतिशतमा रहेको भन्सार गत वर्ष ४० प्रतिशत पु¥याइएको र यसपटक फेरी फेरी समायोजन गरेर ३० प्रतिशतमा झारिएको प्रष्टिकरण दिए ।

अमेरिकी सहयोग एमसीसीको कार्यक्रम संसदमा विचाराधीन रहेको र सम्झौता पत्र पारित भएपछि मात्रै कार्यान्वयनमा जाने अर्थमन्त्री खतिवडाले स्पस्ट पारे ।

प्रदेश नम्बर दुईमा कम अनुदान गएको भन्ने प्रश्नमा जवाफ दिदै अर्थमन्त्री खतिवडाले प्रदेश सरकारबाट कुनै पनि कार्यक्रमका लागि बजेटको माग नभएकाले समपुरक र विशेष अनुदानमा कम बजेट विनियोजन भएको प्रस्टपारे ।

बजेटलाई सन्तुलित बनाउन प्रत्येक निर्वाचन क्षेत्रमा १० करोडको सडक निर्माणको कार्यक्रम ल्याइएको मन्त्री खतिवडाले प्रस्टपारे ।

jackson ribon