birat ribon

क्वारेन्टाइन मान्छे मार्ने कन्सन्ट्रेशन क्याम्प जस्तो – सांसद गगन थापा

Neuro
क्वारेन्टाइन मान्छे मार्ने कन्सन्ट्रेशन क्याम्प जस्तो – सांसद गगन थापा

काठमाण्डौ , २७ जेठ । संघीय संसदमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले कोरोना रोकथामकालागि सरकारले निर्माण गरेका क्वारेन्टाइनहरु मान्छे मार्ने कन्सन्ट्रेशन क्याम्प जस्तो भएको आरोप लगाएका छन ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै कांग्रेस सांसद गगन थापाले कोरोना नियन्त्रणका लागि निर्माण गरिएका क्वारेन्टाइनहरु मान्छे मार्ने क्याम्पका रुपमा देखापरेको आरोप लगाएका हुन ।

cura insider

उनले सरकारले क्वारेन्टाइनलाई प्रशस्त समय भएपनि प्रभावकारी ढंगले निर्माण गराउन नसकेको बताए ।

अदालत, संसद, विज्ञ सबैले पिसिआर परीक्षणको दायरा बढाउन भनेपनि सरकारले वेवास्ता गरेको, सुदुर पश्चिममा स्वाव संकलन रोकिएको , प्रदेश २ मा परीक्षणको रिपोर्ट आउन ढिलाई भईरहदा सरकारले क्वारेन्टाइनमा बसेका र मरेका व्यक्तिको कोरोना परीक्षण नगर्ने मापदण्ड बनाएको भन्दै सांसद थापाले आपत्ती जनाए ।

सांसद थापाले क्वारेन्टाइनम बसेको मान्छेको परीक्षण नगर्ने परीक्षणको दायरा पनि नवढाउने हो भने नेपाललाई सोझ नेपाललाई कोरोना फ्रि देश भनेर घोषणा गर्न आग्रह गरे ।

कोरोना रोकथाम नियन्त्रणकालागि उच्चस्तरीय समिति भनेर बनाएको समिति संसदलाई चिनाउन आग्रह गर्दै उपप्रधानमन्त्री ईश्वर पोखरेललाई संसदमा आएर जवाफ दिनुपर्ने माग गरे ।

उनले कोरोनाबाट विदेशमा मृत्यु भएका नेपालीहरुको तथ्यांक संकलनमा सरकारले सम्बोधन नगरेकोमा आक्रोेश पोखे । सांसद थापाका अनुसार नेपाल भन्दा बाहिर १ सय २७ जना नेपालीको मृत्यु भएपनि स्वास्थ्य मन्त्रालय नेपाल भित्र १४ जनाको मात्र मृत्यु भएको भन्दै आपत्ती जनाए ।

सांसद थापाले भोकबाट मारिएका सुर्य बहादुर तामाङ्ग , झुण्डिएर मरेका चन्द्र बहादुर परियार र औषधी खान नपाएर मरेकी कंका देवी बोहरा वा सुत्केरी भएर अस्पताल लान नपाएर मरेकी लालकुमारी रोकाय, क्वारेन्टाईनमा मृत्यु भएकी सुनिता लोहारको मृत्युको जिम्मा कस्ले लिन्छ ? भन्दै सरकारसँग प्रश्न गरे ।

१० अर्बको सबै विबरण संसदलाई जानकारी गराउन माग

सांसद थापाले कोरोना नियन्त्रण तथा रोकथामका भएका सम्पुर्ण खर्चको सदनलाई जानकारी गराउन सरकारसंग माग गरेको छ ।

खर्च भयो भनिएको १० अर्ब रकमको सम्पुर्ण हरहिसावको बिवरण बुझाउन सरकारसँग माग गरेका हुन ।

सांसद थापाले सरकारले कोरोनाको लडाईबाट पार लगाउन नसक्ने दाबी गदै सरकारलाई जवाफदेही बनाएर छाडने बताए ।

राष्ट्रिय विपत्तिको बेलामा भ्रष्टाचारमा लिप्त हुने यो र्निलज्जताको पराकाष्ठा हो भन्दै सबै हरहिसाव संसदलाई सार्वजनिक गर्न आग्रह गरे ।

प्रतिनिधिसभामा आफुहरुले माग देखि नै कोरोना संक्रमण फैलिन नदिन अपनाउनुपर्ने सर्तकताका बारे आफूहरुले आवाज उठाउदै आए पनि सरकारले वेवास्ता गर्दा अवस्था भयावह बन्दै गएको बताए ।

उनले भने ‘सरकारले न प्रतिपक्षीको , न अदालतको , न प्रेसको , न नागरिकको आवाज सुन्यो । यसैले आज हाम्रो अवस्था यस्तो भयो ।’

jackson ribon