birat ribon

दुई चिकित्सकसहित तीसजनाको रिपोर्ट पोजेटिभ

Neuro
दुई चिकित्सकसहित तीसजनाको रिपोर्ट पोजेटिभ

चितवन, २६ जेठ । चितवमा दुई चिकित्सकसहित ३० जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ ।

भरतपुर कोभिड–१९ प्रयोगशालामा गरिएको स्वाब परीक्षणको क्रममा दुई जना चिकित्सक र एक जना स्वास्थ्यकर्मीसहित ३० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो।

cura insider

पोजेटिभ देखिएका एक चिकित्सक निजी अस्पतालमा काम गर्छन् । भरतपुर अस्पतालबाट स्वाब सङ्कलन गरेका बाहिर कार्यरत एक जना चिकित्सक र एक जना महिला स्वास्थ्यकर्मी रहेका छन् ।

भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा श्रीराम तिवारीले माडी नगरपालिकाको क्वारेन्टिनमा बस्दै आएका छ जना, भरतपुर महानगरपालिकाका क्वारेन्टिनमा बस्दै आएका ११ जनाको कोरोना पोजेटिभ देखिएको बताए ।

त्यस्तै नारायणी सामुदायिक अस्पतालका एक जना, पुरानो मेडिकल कलेजमा रहेका दुई जना, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत एक जनामा कोरोना देखिएको हो ।

नवलपुरका पाँच जना र धादिङका एक जनामा पनि कोरोना पुष्टि भएको छ ।रासस

jackson ribon