कोरोना रोकथामकालागि पालिकामा २७६ ,प्रदेशमा १०८ ,र संघमा ६०३ करोड खर्च

काठमाण्डौ , २६ जेठ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालका अनुसार कोरोना भाइरस संक्रमण रोकथामकालागि हाल सम्म १० अर्ब खर्च भैसकेको छ ।

मन्त्री ढकालले प्रतिनिधिसभाको सोमबारको बैठकमा मन्त्रालयगत विनियोजित कार्यक्रम र बजेटमाथि सांसदहरुले राखेको प्रश्नको जवाफ दिने क्रममा जानकारी गराए अनुसार हालसम्म कोरोना नियन्त्रणकालागि १० अर्ब बरावर रुपिँया खर्च भैसकेको हो ।

उनका अनुसार कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि स्थानिय तहबाट २ सय ७६ करोड प्रदेश सरकारबाट १ सय ८ करोड र संघको तर्फबाट ६ सय ३ करोड खर्च भएकोभैसकको छ ।

हालसम्म ६ सय ४१ वटा पालिकाले मात्र कोरोनामा भएको खर्च विवरण बुझाएका छन । बाँकीको अझै आउन बाँकी नै भएकोले खर्च १० अर्ब पुग्ने सरकारको अनुमान छ ।

संघको तर्फबाट खर्च भएको ६ सय ३ करोड मध्ये सिसिएमसि, स्वास्थ्य मन्त्रालय र यो विषयसंग सम्बन्धित कार्यमा खर्च भएको मन्त्री ढकालले स्पष्ट पारे ।

संक्रमितको कन्ट्याक्ट टे«सिङमा जाँदाआउँदाको र संक्रमितलाई अस्पताल ल्याउने पनि खर्चमा समावेश छ ।

मन्त्रालयले २ अर्ब ९२ करोड ५५ लाख ७९ हजार रुपैया स्वास्थ्य मन्त्रालयको तर्फबाट सामाग्री किन्ने देखि अहिले सम्म खर्च भैसकेको स्वास्थय मन्त्री ढकालले जानकारी गराए ।

Loading...