birat ribon

वैज्ञानिक वन व्यावस्थापनमा मन्त्रालयको सहभागिता नभएको मन्त्रीको जवाफ

Neuro
वैज्ञानिक  वन व्यावस्थापनमा मन्त्रालयको सहभागिता नभएको  मन्त्रीको  जवाफ

काठमाण्डौ, २६ जेठ । बन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले वैज्ञानीक बन व्यवस्थापनमा मन्त्रालयको कुनै सहभागिता नरहेको बताएका छन ।

प्रतिनिधि सभाको सोमबारको बैठकमा विनियोजन विधेयक २०७७ अन्तर्गत बन तथा वातावरण मन्त्रालय अन्तर्गत विनियोजित बजेट तथा कार्यक्रममाथि सांसदहरुले राखेको प्रश्नको जवाफ दिदै मन्त्री बस्नेतले वैज्ञानीक बन व्यवस्थापनमा मन्त्रालयको कुनै हात नभएको बताएका हुन ।

cura insider

उनले बैज्ञानिक वन व्यावस्थापनमा अनियमितता भएको कुरा आएको तर यसमा संघीय सरकार र मन्त्रालयको कुनै सहभागिता नरहेको दावी गरे ।

बन व्यवस्थापनको विषयमा सांसदहरुले मेचीदेखि महाकाली सम्म २८ अर्ब रुपैयाँ बराबरको ५६ लाख क्वीफिट बराबरको बन फडानी भएको र त्यसमा मन्त्रालयका माथिल्लो तहदेखि तल्लो तहसम्मको मिलेमतो रहेको भन्दै प्रश्न गरेका थिए ।

जवाफमा उत्तरदिदै मन्त्री बस्नेतले मन्त्रालय र अधिकारीको फडानीमा कतैपनि सहभागीता नभएको बताएका थिए ।

उनले बन व्यवस्थापनमा प्रदेश सरकारले काम गर्ने भएकाले संघीय मन्त्रालयको कुनै सहभागिता नरहने स्पष्ट पारे ।

उनले मन्त्रालय र कर्मचारीको पक्षपोषण गर्दै भने , ‘यहाँ माननियजीले जे विषयलाई आशंका गरिरहनु भएको त्यो विषय सत प्रतिशत गलत हो भन्न चाहन्छु र त्यसलाई खारेज गर्न चाहन्छु ।’

jackson ribon