तौल घटाउने मात्र होइन धेरै छन् ओट्सका फाइदाहरू

विराटनगर, २६ जेठ । ओट्समा प्रशस्त मात्रामा फाइबर हुन्छन्, जसलाई शरीरले सजिलै पचाउन सक्छ । ओट्स शरीरमा गएपछि एकैपटकमा पच्ने भने हुँदैन जुन राम्रो पक्ष हो ।

ओट्स बिस्तारै पच्ने हुँदा लामो समयको लागी पेट भरेकै महशुस भइरहन्छ ।

ओट्सको सेवन गरिसकेपछि पटक पटक भोक लगिरहेने हुँदैन र शरीरको तौललाई घटाउन सकिन्छ ।

फाइबर धेरै हुने र सजिलै पच्ने हुँदा ओट्सले कब्जियतलगायतका अन्य पाचन समस्याहरू हुन दिँदैन । ओट्सको सेवन मधुमेह रोगीहरूको लागि असाध्यै राम्रो मानिन्छ ।

ग्लाइसेमिक सूचकांकको कम परिमाण हुने हुँदा मधुमेह रोगीहरूको लागि ओट्स स्वस्थ विकल्प हो ।

ओट्सको सेवनले रगतमा चिनीको स्तरलाई नियन्त्रण गर्छ ।

दैनिक ओट्सको सेवन गर्दा रक्तचाप पनि कम हुन्छ । केही अध्ययनहरूमा,ओट्सको दैनिक सेवनले बिरामीहरूलाई दैनिक बीपी औषधि छोड्न मद्दत पुर्‍याएको पत्ता लागेको थियो ।

बच्चाको खानामा पहिलाबाट नै ओट्स समावेश गर्ने अभिभावकहरूले पछिका वर्षहरूमा आफ्नो बच्चाहरूलाई दमको खतराबाट जोगाउन सक्छन् ।

ओट्समा रहेको फाइबरलाई बीटा ग्लुक्सन भनिन्छ, जुन इस्ट र विभिन्न प्रकारको च्याउहरूमा पनि हुन्छ ।

विभिन्न अध्ययनहरूले देखाएअनुसार ओट्सको सेवनले भाइरस, ब्याक्टेरियासँग लड्न प्रतिरोधात्मक क्षमता विकास गर्न मद्दत गर्छ ।

ओट्सको सेवनले शरीरको खराव कोलेस्ट्रोललाई कम गर्छ । कोलेस्ट्रोललाई मुटु रोग लाग्नुमा सबैभन्दा ठूलो कारण मानिन्छ ।

रक्सीको ह्यंगओभर हुँदा ओट्सको सेवनले रगत प्रवाहबाट रक्सीलाई सोछेर लिन्छ, जसले गर्दा एसिडिटी कम हुन्छ । साथै, ओट्समा हुने भिटामिन बीले दिमागलाई आराममा राख्न मद्दत गर्छ ।

Loading...