birat ribon

उपत्यकामा तीन नयाँ शहरको निर्माण कार्य सुरु गरिदै

Neuro
उपत्यकामा  तीन नयाँ शहरको निर्माण कार्य सुरु गरिदै

काठमाण्डौ, २६ जेठ । काठमाण्डौ उपत्यकाभित्र चार मध्ये तीनवटा नयाँ शहरको निर्माण कार्य सुरु हुनेभएको छ ।

काठमाडौं उपत्यका विकास प्राधिकरण अन्तर्गतको भौतिक विकास समितिले काठमाडौं उपत्यका भित्र निर्माण हुने चार नयाँ शहर मध्ये तीनवटा सहरको डिपीआर तयारगरि स्वीकृतिका लागि मन्त्रीपरिषदमा पठाउने निर्णय गरिसकेको छ ।

cura insider

भौतिक पूर्वाधार तया यातायात मन्त्री वसन्तकुमार नेम्बाङको अध्यक्षतामा आइतबार बसेको प्राधिकरणका बैठकले काठमाडौं इसान, काठमाडौं हरित र काठमाडौं उत्तर तर्फको नयाँ शहर निर्माणकालागि डिपिआर स्वीकृतका लागि मन्त्रिपरिषद्मा पठाउने निर्णय गरेको हो ।

प्राधिकरणका विकास आयुक्त भाइकाजी तिवारीका अनुसार मन्त्रीपरिषदबाट डिपीआर स्विकृत भएर आएपछि नयाँ शहरको निर्माण सुरु हुनेछ ।

एक लाख रोपनी क्षेत्रफल रहेको काठमाडौं ईसान (पूर्व–उत्तर)को डिपिआर निर्माण फिनल्याण्डको हेलेन एण्ड कम्पनी कम्पनी र जेके एसोसिएट्सले गरेको छ ।

अन्य तीनवटा आयोजनाको डिपिआर निर्माण नेपाली कम्पनीले नै गरेका छन । चार वटा परियोजनामा काठमाडौं ईसान (पूर्व–उत्तर), काठमाडौं आग्नेय (पूर्व–दक्षिण), काठमाडौं नैऋत्य (दक्षिण–पश्चिम) र काठमाडौं हरित सहर (उत्तर) रहेका छन् । जसमध्ये काठमाडौं ईसानको क्षेत्रफल १ लाख रोपनी छ भने अन्यको १० हजार रोपनी रहेको छ ।

परियोजनामा काठमाडौं ईसान (पूर्व–उत्तर) नयाँ सहरको कुल क्षेत्रफल १ लाख रोपनी छ । यो परियोजनामा पूर्वतर्फ भक्तपुरको नगरकोट जाने सडक, तेलकोट भन्ज्याङसम्म, पश्चिम क्षेत्र जोरपाटी क्रिकेट स्टेडियम, मुलपानी, गोठाटार हुँदै मनोहर पुल भक्तपुर जाने पुरानो बाटो सम्म, उत्तर तर्फ साँखु बजार र साँखु जाने मुल सडक र दक्षिण तर्फ भक्तपुर पुरानो बाटोमा पर्ने नेपाल सैनिक प्रतिष्ठान, खरिपाटी लगायतको ठाउँसम्म रहेको छ ।

काठमाडौं आग्नेयको कुल क्षेत्रफल १० हजार रोपनी रहेको छ । यो आयोजनामा पूर्वतर्फ अरनिको राजमार्गको सुर्यविनायक चोकदेखि सुर्यविनायक बनलाई बाहिर पार्दै जाने छ ।

पश्चिम तर्फ खहरेखोला, बालकोट विरुवा सडक, पानी ट्याङ्की, अमरनगर लगायतका ठाउँ रहेको छ । उत्तर तर्फ अरनिको राजमार्गको सिमाना रहेको छ भने दक्षिणमा भक्तपुरको रानीकोट जंगलको छेउसम्म रहेको छ ।

काठमाडौं नैऋत्यको कुल क्षेत्रफल पनि १० हजार रोपनी रहेको छ । यसको पूर्वमा छ्यासीकोट देखि फर्सिडोल, बागमती नदीको झोलुङ्गे पुल सम्म, पश्चिममा बागमती नदी, उत्तरमा साविकको सैंवु गाविसको सिमाना, दक्षिणमा बागमनी नदी सम्मको जमिन रहेको छ ।

काठमाडौं उत्तरको कुल क्षेत्रलफल पनि १० हजार रोपनी रहेको छ । यो योजनाको पूर्वमा सामाखुसी, टोखा रोड हुँदै बाइपाससम्म, पश्चिममा काभ्रेस्थली बाइपास जाने मुल सडक, उत्तरमा सपनातिर्थ मालुङ हुँदै काभ्रेस्थली र दक्षिणमा ग्रीनल्याड जोकदेखि मनोरथ हुादै महादेव खोला सम्मको क्षेत्र समावेस गरिएको छ ।

jackson ribon