birat ribon

उपत्यका भित्र चार नयाँ सहरको डीपीआर तयार, स्वीकृतिका लागि मन्त्रिपरिषदमा पठाइने

Neuro
उपत्यका भित्र चार नयाँ सहरको डीपीआर तयार, स्वीकृतिका लागि मन्त्रिपरिषदमा पठाइने

काठमाडौं, २५ जेठ । काठमाडौं विकास प्राधिकरणले काठमाडौं उपत्यका भित्र निर्माण हुने चारवटा सहरको डीपीआर तयार गरेको छ ।

चार नयाँ शहर मध्ये तीनवटा सहरको डिपीआर प्राधिकरणले स्वीकृतिका लागि मन्त्रीपरिषदमा पठाउने निर्णय गरेको छ ।

cura insider

काठमाडौं उपत्यका विकास प्राधिकरण ऐन अन्तर्गत गठन गरिएको काठमाडौं उपत्यका भौतिक विकास समितिले चारवटा नयाँ सहर निर्माणको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार गरेको भएपनि तीन वटा सहरको प्रतिवेदन मन्त्रिपरिषद्मा स्वीकृतिका लागि पठाउने निर्णय गरेको हो ।

सहरी विकास मन्त्रालयको जिम्मा सम्हालिरहनु भएका भौतिक पूर्वाधार तया यातायात मन्त्री वसन्तकुमार नेम्बाङको अध्यक्षतामा आइतबार बसेको प्राधिकरणको १४ औं बैठकले काठमाडौं इसान, काठमाडौं हरित र काठमाडौं उत्तर तर्फको डिपिआर स्वीकृतका लागि मन्त्रिपरिषद्मा पठाउने निर्णय गरेको प्राधिकरणका विकास आयुक्त भाइकाजी तिवारीले बताए ।

jackson ribon