विराटनगरमा चहलपहल बढयो तर सुरक्षा सतर्कतामा वेवास्ता

यज्ञ अधिकारी
रंगेली २५ जेठ । कोरोभाइरसको कारणले लामो समय बन्दाबन्दी रहेको बजार चल्न थालेको छ । विहान देखि दिउँसो १२ बजे सम्म बजार खुल्न थालेपछि प्रदेश नं १ को राजधानी विराटनगरमा चहलपहल बढन थालेको हो ।

बजार खुल्न थालेसँगै शहर बजारमा सर्वसाधारणको चहलपहल देखिन थालेको छ ।

प्रशासनका अनुसार बजार संचालन गर्दा सम्भावित संक्रमणबाट जोगिने उपाय अबलम्बन गर्नु पर्ने छ ।बजारमा भिडभाड बढीभए सचेत हुदाहुँदैपनि सुरक्षाका उपाय बेकार हुनसक्ने छ ।

बजारमा संचालमा रहेका सवारी साधनले लकडाउनको समय हो र यो वेला सर्तकता अपनाउनु पर्छ भन्ने ख्याल गरेको भने देखिदैन ।

सडकमा बाक्लै पैदल यात्रु, साइकल,मोटरसाइकल चलेका छन् । साना सार्वजनिक सवारीका साधन पनि यात्रु बोकेर कुदिरहेका छन ।

अटो , सिटि सफारी, रिक्सा बजारमा प्रशस्तै कुदन थालेका छन । यसमा यात्रु सवार यात्रुहरुले सुरक्षाकालागि खासै सर्तकता अपनाएको देखिदैन ।

बजार चल्न थाले सँगै विराटनगरको बजार लकडाउन अगाडीको अवस्था कै प्रतित हुने गरि चहलपहल बढेको छ ।

सर्वसाधारणले व्यक्तिगत रुपमा सुरक्षाका उपाय अपनाएको भए पनि भिडभाडले भौतिक दुरी भने कायम भएको पाईदैन । जसको कारणले भाइरस फैलन सक्ने जोखिम भने धेरै हुनसक्नेछ ।

Loading...