birat ribon

सुरक्षा सर्तकता अपनाएर लकडाउन खोल्नुपर्ने उद्योगी व्यावसायीको सुझाव

Neuro
सुरक्षा सर्तकता अपनाएर लकडाउन खोल्नुपर्ने उद्योगी व्यावसायीको सुझाव

काठमाण्डौ , २५ जेठ । स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर लकडाउनलाई खोल्नुपर्ने उद्योगी व्यावसायीले बताएका छन ।

लामो समय हुँदा श्रमिक र उद्योगी व्यवसायी सबै समस्यामा परेको भन्दै अब स्वारुप परिवर्तन गरेर सुरक्षा सर्तकता अपनाएर लकडाउन खोल्नुपर्ने बताएका हुन ।

cura insider

लकडाउनको रुवरुप परिवर्तन गरेर सबैभन्दा पहिला साना तथा मझौला उद्योग र पसल व्यवसायलाई सञ्चालन गरिनुपर्ने , यातायातका साधनहरुलाई प्राथमिकतामा राखेर खोल्नुपर्ने, र होटल व्यवसायलाई पनि क्रमश सञ्चालन गर्नुपर्ने उद्योगी व्यावसायीको माग छ ।

लामो लकडाउनले हरेक वस्तु तथा सेवा अत्यावस्यक भइसकेकाले तत्काल खोलेर आर्थिक जनजीवनलाई सहज बनाउनुपर्ने जोड उद्योगी व्यावसायीको छ ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले संक्रमित बढेको र नबढेको क्षेत्रलाई छुट्याएर आर्थिक क्रियाकलापलाई सुचारु गर्नुपर्ने बताए ।

उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सबैभन्दा पहिला साना तथा मझौला व्यवसायहरु सञ्चालनमा गराउनुपर्ने सुझाए । यातायातको क्षेत्रलाई पनि पहिलो चरणमा नै सञ्चालन गर्नुपर्ने उनको जोड छ ।

बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीलाई पूर्ण रुपमा चलाउने र होटल व्यवसायलाई पनि प्यारामिटर बनाएर सञ्चालन गर्नुपर्ने ढकालको धारणा छ ।

होटल संघ नेपालकी अध्यक्ष सृजना राणाले होटल क्षेत्रमा ब्याङ्केट बाहेकका सेवा सुचारु गर्न सकिने बताइन । होटल तथा रेस्टरेन्टहरुलाई कसरी सेवा दिनुपर्छ भन्नेबारे होटल संघले गृहकार्य गरी मापदण्ड तयार पारिसकेको छ भनिन ।

नाडा अटो मोबाइल्स एसोसिएसनका अध्यक्ष कृष्णप्रसाद दुलालले सबै क्षेत्रमा स्वास्थ्य सुरक्षाका आधारभुत विधिहरु अपनाइ लकडाउन खोल्नुपर्छ भने ।

उनका अनुसार कार्यालय जाँदा खाजा खाना बोकेर जाने, अनलाइनबाट मात्रै कारोबार गर्ने, कुनै पनि वस्तु पन्जा तथा मास्क लगाएर छुने, स्यानिटाइजरको प्रयोग अधिकतम गर्ने, अफिसमा एसि नचलाउने तथा गोदाममा तीन दिन सम्म सामग्री राखेर मात्रै विक्री गर्ने व्यवस्था मिलाउने गरी सञ्चालन गर्न सकिने आर्थिक क्षेत्र सञ्चालन गर्न सकिने बताए ।

यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले मजदुरलाई स्वास्थ्य सुरक्षा सम्बन्धी सामग्री उपलब्ध गराएर यातायात क्षेत्रलाई पहिलो चरणमा खोल्नुपर्नेमा जोड दिए ।

सरकारले श्रमिकहरुलाई स्वास्थ्य सामग्री उपलब्ध नगराए यातायात सञ्चालन गर्न अनुमति दिए पनि आफुहरुले सक्दैनौ भने ।

jackson ribon