birat ribon

सरकारले कुटनीति बलियो बनाउन नसकेको सांसद प्रदिप गिरिको आरोप

Neuro
सरकारले कुटनीति  बलियो बनाउन नसकेको सांसद प्रदिप गिरिको आरोप

विराटनगर २५ जेठ । संघीय सांसद प्रदीप गिरिले सरकारले बुद्धिमता पुर्वक कुटनीति सम्बन्ध कायम गर्ने नसकेको आरोप लगाएका छन ।

प्रतिनिधिसभाको आईतबारको बैठकमा बोल्दै सांसद गिरिले सरकारले राजदुत नियुक्तिलाई कार्यकर्ता पाल्ने अस्त्र बनाएकोले कुटनीति क्षेत्र कमजोर बन्दै गएको आरोप लगाएका हुन ।

cura insider

विदेशमा फजुलका राजदुताबास नबनाउन र कुटनीतिबारे प्रधानमन्त्रीलाई सही सल्लाह दिने राजदुतहरु मात्र नियुक्त्त गर्न सांसद गिरिले आग्रह गरे ।

उनले एमएमसिको विवाद बढिरहेको रोड एण्ड बेल्डका बारेमा राय बनाउनु पर्ने अवस्था आइसकेकोले कुटनैतिक सम्बन्ध बलियो बनाउनुपर्नेमा जोड दिए ।

उनले मेघनाथले हनुमानलाई अथवा रामले रावणलाई प्रयोग गरे जस्तै नक्सास्त्र हिन्दुस्तानलाई प्रयोगगरि सकेकोले विफल हुन नदिन कुटनीति बलियो पाउनुपर्नेमा जोड दिए ।

उनले राजा महेन्द्रले जस्तै सुटुक्क एउटा चिठी पठाएर चुपचाप नबस्न सरकारलाई आग्रह गरे ।
सांसद गिरिले परराष्ट्रमा नियोग चलाउँदा कुटनीतिको परिपक्व बुझाई आवश्यक पर्ने तर राजालाई हरेक शहरपिच्छे दरबार चाहिए जस्तै अहिलेका राष्ट्रपति र प्रधानमन्त्रीको स्वागत गर्न राजदूत राख्ने कामले कुटनीति बलियो हुदैन भने ।

चीन, अष्ट्रेलिया लगायत मुलुकमा बन्दै गरेका नेपाली दुताबासका लागि सरकारले ठूलो बजेट छुट्याएको तर विदेशमा रहेका श्रमिकलाई उद्धार गर्न न्यून बजेट विनियोजन गरिएको भन्दै आपत्ती जनाए ।

उनले दुताबासका भवन निर्माणको बजेट अलपत्र नेपालीहरुको उद्धारमा लगाउन आग्रह गरे ।

jackson ribon