सुनको मूल्य १० हजार ४ सय रुपैयाँले बढ्यो, तोलाको ८७ हजार ४ सय

विराटनगर, २५ जेठ । सुनको मूल्य प्रतितोला १० हजार ४ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

गत १० चैतयता मूल्य सार्वजनिक नभएको सुनको मूल्य आइतबार सार्वजनिक गर्दा १० हजार ४ सय रुपैयाँले बढेको हो ।

महासंघले १० चैतमा सुनको मूल्य सार्वजनिक गर्दा प्रतितोला ७७ हजार रुपैयाँ रहेको थियो । त्यसपछि कोरोना महामारीका कारण महासंघले मूल्य सार्वजनिक गर्न बन्द गरेको थियो ।

तर, आइतबार सार्वजनिक भएको मूल्यअनुसार तोलामा १० हजार ४ सय रुपैयाँले बढेर सुन प्रतितोला ८७ हजार ४ सय पुगेको छ ।

यसैगरी चाँदीको मूल्य पनि प्रतितोला ९ सय २५ रुपैयाँ तोकिएको छ । चाँदीको भाउ पनि २ सय ५ रुपैयाँ प्रतितोलाले बढेको छ ।

Loading...