birat ribon

पत्रकार सुरक्षाका लागि आयोगले गरायो सरकारको ध्यानार्कषण

Neuro
पत्रकार सुरक्षाका लागि आयोगले गरायो  सरकारको ध्यानार्कषण

विराटनगर , २५ जेठ । राष्ट्रिय मानव अधिकार आयोगले प्रेस तथा अभिव्यक्त्ति स्वतन्त्रताको रक्षाकालागि पत्रकारहरुको सुरक्षा सरकारसँग आग्रह गरेको छ ।

कोरोनो सक्रमणकालमा श्रमजिवि पत्रकारहरुले पारिश्रमिक पाउन नसकेको , कामबाट वेदखल हुनुपरेको , आर्थिक समस्याले संचारगृहहरु बन्द हुन थालेको र पत्रकारहरुलाई सूचना प्राप्तीमा समस्या भैरहको भन्दै आयोगले प्रेस तथा अभिव्यक्त्ति स्वतन्त्रताको रक्षा गर्न सरकारसँग आग्रह गरेको हो ।

cura insider

नेपालको संबिधानमा पुर्ण प्रेस स्वतन्त्रता सुनिश्चत भएकोले कुनैपनि वहानामा पत्रकारहरुलाई सूचना प्राप्तीबाट बंचित गर्न नहुने अयोगको ठहर छ । तर लकडाउनको समया समाचार संकलन गर्न हिँडेका २२ जना पत्रकारहरु

गिरफतारीमा परेको , आक्रमण र धाकधम्की सहन बाध्य भैरहेको र आर्थिक,भौतिक दवाबले पत्रकारहरु बिस्थापित हुन थालेका छन ।

साथै सरकारी निकायले नै सूचना दिनबाट इन्कार गर्नुले प्रेस तथा अभिव्यक्त्ति स्वतन्त्रता संकटमा पर्दै आएको आयोगको निष्कर्ष छ ।

आयोगले पत्रकारहरुको पारिश्रमिक समयमै उपलब्ध गराउन , आक्रमण , धम्की र गिरफतारी रोक्न र सहज रुपमा पत्रकारहरुलाई सूचना उपलब्ध गराउन सरकारसँग आग्रह गरेको छ ।

पत्रकारहरुकालागि अल्प , मध्य र दिर्घकालिन योजना बनाएर संबिधानको धारा ५२ अनुसार मौलिक हक र मानव अधिकारको संरक्षण गर्दै आफनो दायित्व पुरा गर्न आयोगले सरकारको ध्यान आर्कषण गराएको छ ।

jackson ribon