बैतडीमा क्वारेन्टाइनमै एक युवकको मृत्यु, रिपोर्ट आउन बाँकी

बैतडी, २५ जेठ । बैतडीमा एक युवकको मृत्यू भएको छ ।

मृत्यू भएका युवक क्वारेन्टाइनमा बसेका थिए ।

पाटन नगरपालिका ६ स्थित भीमदत्त प्राविधिक शिक्षालयको क्वारेन्टाइनमा बसेका वडा नं ६ कै सन्तोलि घर भएका ३१ वर्षीय युवकको शनिबार मृत्यु भएको हो ।

ज्यान गुमाएका पुरुष शनिबार बिहान मात्रै भारतको बेंगलोरबाट पाटन आइपुगेका थिए र उनी सीधै क्वारेन्टाइनमा गएर बसेका थिए ।

नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराका अनुसार साँझ साढे ६ बजेतिर उनी एक्कासि बेहोस भएका थिए ।

त्यसपछि उपचारकै क्रममा पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा साढे आठ बजेतिर उनको मृत्यु भएको पाटन प्राथमिक स्वास्थ्य केन्द्र पाटनका हेल्थ असिष्टेन्ट प्रेमसागर भट्टले बताए ।

मृतकको कोरोना परीक्षणका लागि स्वाब संकलन गरी धनगढी पठाइएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख महराको भनाइ छ ।

Loading...