भारतमा काेराेना : २४ घण्टामा १० हजार बढी थपिए

काठमाडौं, २५ जेठ । भारतमा दैनिक काेराेना संक्रमितकाे संख्या ठुलाे मात्रामा थपिने क्रम बढेकाे छ ।

कोरोना संक्रमितको संख्या २ लाख ४६ हजार नाघेको भारतमा केही दिन यता दैनिक संक्रमण पुष्टि हुनेको संख्या ९ हजार कट्न थालेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ १० हजार ४३८ जनामा संक्रमण पुष्टि भएको छ ।

योसँगै कुल संक्रमितको संख्या २ लाख ४६ हजार ६२२ पुगेको छ ।

एकै दिन अरू २९७ जनाको मृत्यु हुँदा ज्यान गुमाउनेको संख्या ६ हजार ९४६ पुगेको छ ।

यसअघि शुक्रवार ९ हजार ४७१ जना संक्रमित थपिएको भारतमा बिहिबार पनि ९ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको थियो ।

भारत कोरोना भाइरस संक्रमितका आधारमा एसियामा सबैभन्दा बढी प्रभावित मुलुक हो ।

Loading...