बायर्नलाई पछ्याउँदै डर्टमुण्ड, निकाल्यो साँघुरो जित

विराटनगर, २५ जेठ । जर्मन बुन्डेसलिगामा बोरुसिया डर्टमुण्डले साँघुरो जित निकालेको छ । शनिबार राति भएको खेलमा डर्टमुण्डले हेर्थाविरुद्ध १–० गोलको साँघुरो जित निकालेको हो ।

डर्टमुण्डको मैदानमा भएको खेलमा घरेलु टोलीलाई जिताउन इम्रे क्यानले निर्णायक गोल गरेका थिए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको ५८औं मिनेटमा क्यानले गोल गर्दै टोलीलाई जिताए ।

यस जितसँगै डर्टमुण्डले ३० खेलबाट ६३ अंक बनाएको छ । ऊ लिगको दोस्रो स्थानमा रहेको छ । शीर्ष स्थानको बायर्न म्युनिखसँग ७० अंक रहेको छ ।

यता, पराजित हेर्था भने ३८ अंकका साथ नवौं स्थानमा छ ।

Loading...