birat ribon

भरतपुर अस्पतालमा मृत्यु भएका युवकको कोरोना रिपोर्ट नेगेटिभ

Neuro
भरतपुर अस्पतालमा मृत्यु भएका युवकको कोरोना रिपोर्ट नेगेटिभ

चितवन, २४ जेठ । चितवनको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएका युवाकको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।

अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार माडी नगरपालिका वडा नं ६ का २७ वर्षीय युवाको नतिजा नेगेटिभ आएको हो ।

cura insider

माडीको क्वारेन्टिनमा रहेको समयमा ज्वरो आएसँगै उनलाई शुक्रबार भरतपुर अस्पतालमा ल्याइएको थियो ।

अस्पतालमा उपचारका क्रममा उनको आज बिहान मृत्यु भएको हो । मृत्यु भएपछि कोरोना परीक्षणका लागि स्वाब भरतपुर कोभिड– १९ प्रयोगशाला पठाइएको थियो ।

१३ जेठमा भारतबाट उपचार गरि फर्किएका उनी नगरपालिकाको दीवाकर स्मृति विद्यालयको क्वारेन्टिनमा रहेका थिए ।रासस

jackson ribon