थप १७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २९२९ पुग्यो

काठमाडाैं, २४ जेठ । नेपालमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार बिहान गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार ४ जिल्लामा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २९२९ पुगेको छ ।

गण्डकी प्रदेशमा भने संक्रमितको संख्या ७५ पुगेको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक डा. विनोदविन्दु शर्माका अनुसार स्याङ्जामा १०, जना, कास्कीमा ३ पूर्वीनवलपरासीमा ३ जनामा र बाग्लुङमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

Loading...