६८ जिल्लाका २ हजार ९ सयमा कोरोना संक्रमण, नौं जिल्लामा देखिएकाे छैन काेराेना

काठमाडौं, २३ जेठ । नेपालमा कोरोना संक्रमितको २ हजार ९ सय १२ पुगेको छ । शुक्रबारसम्म ६८ जिल्लाका २ हजार ९ सय १२ जनामा कोरोना संक्रमण देखिएको हो ।

शुक्रबार गोरखा, कास्की र हुम्लामा सङ्क्रमित देखिएसँगै सङ्क्रमित जिल्ला ६८ पुगेका हुन् ।

अब नौ जिल्लामात्र बाँकी रहेका छन् ।

आज एकै पटक २७८ जनामा संक्रमण देखिएसँगै कोरोना संक्रमितको संख्या दुई हजार ९१२ पुगेको हाे । तीमध्ये पुरुष दुई हजार ७१७ र महिला १९५ रहेका छन ।

आज प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा १५ जनामा सङ्क्रमित पुष्टि भएको छ । उनीहरु सबै पुरुष सुनसरीका आठ, झापाका एक र मोरङका छ जना छन् ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा २२ जना सङ्क्रमित छन । उनीहरू अर्घाखाचीका एक, नवलपरासीका दुई, पाल्पाका दुई, रुपन्देहीमा एक महिला र १७ पुरुष रहेका छन् ।

कीटजन्य रोग अनुसन्धान तथा तालीम केन्द्र प्रयोगशालामा गरिएको परीक्षणमा चार जनामा सङ्क्रमण भएको पाइएको छ । ती सिन्धुलीका दुई पुरुष र बाराका दुई पुरुष रहेका छन् ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, पोखरामा गरिएको परीक्षणमा दुई तनहुँका पुरुष रहेका छन् । यस्तै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा १९ जनामा सङ्क्रमण पृष्टि भएको छ ।

सेती अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ११ जनामा सङ्क्रमण देखिएको छ ।

धुलिखेल अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा २२ जनामा सङ्क्रमण देखिएको छ ।

कोशी अस्पतालमा गरिएको परीक्षणमा १० झापाका पुरुषमा सङ्क्रमण भएको पृष्टि भएको हो ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा ९७ जनामा सङ्क्रमण देखिएको छ ।

जुम्लाका तीन पुरुषमा पनि सङ्क्रमण देखिएको छ ।

राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई संक्रमित देखिएका छन ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ७४ जनामा सङ्क्रमण देखिएको छ ।

Loading...