युएईबाट उद्दार गरिएका मध्ये प्रदेश १ का ४६ जना

काठमाडौं, २३ जेठ । युएईमा अलपत्र परेका नेपाली मध्ये शुक्रबार पहिलो चरणमा १६८ जनामो उद्दार गरिएको छ ।

शुक्रबार साझ उद्दार गरिएका मध्ये सबैभन्दा बढि प्रदेश १ का ४६ जना छन् । उनीहरु विभिन्न जिल्लाका हुन ।

प्रदेश नं २ का २३, वाग्मती प्रदेशका ३७, गण्डकी प्रदेशका २३, प्रदेश नं ५ का २३, कर्णाली प्रदेशका चार र सुदूरपश्चिम प्रदेशका १२ जना छन । जहाजमा एउटा शव पनि ल्याइएकाे छ ।

उनीहरुलाई उपत्यकाको तोकिएको होल्डिङ सेन्टरमा लगिएको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए ।

होल्डिङ सेन्टरबाट सम्बन्धित प्रदेशले आफ्ना नागरिक ल्याएर क्वारेन्टाइनमा राख्नेछ । रासस

Loading...