प्रदेश १ मा किसानलाई ४५ करोडको राहत प्याकेज, विपन्नलाई राशन कार्ड

विराटनगर,२३ जेठ । कोरोना महामारी त्रासका कारण नोक्सानी भोगेका कृषकलाई प्रदेश १ सरकारले राहत उपलब्ध गराउने घोषणा गरेको छ ।

प्रदेश प्रमुख साेमनाथ अधिकारी प्यासीलाई स्वागत गर्दै सभामुख प्रदिपकुमार भण्डारी

आगामी वर्ष सरकारले ४५ करोडको राहत वितरण गर्ने घोषणा गरेको हो ।

शुक्रबार प्रदेश १ प्रमुख सोमनाथ अधिकारी प्यासीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कोरोनाका कारण समस्यामा परेका कृषकका लागि ४५ करोडको राहत प्याकेज घोषणा गरे ।

विपन्नलाई किसान र राशन कार्ड

१ नम्बर प्रदेश सरकारले आगामी वर्षबाट गरिब कृषकलाई सहुलियतमा खाद्यान्य उपलब्ध गराउन किसान कार्ड र राशन कार्ड वितरण गर्ने नीति लिएको छ ।

तल्लो वर्षका किसानको अवस्थालाई ध्यानमा राखेर अत्यावश्यक खाद्यान्य सस्तोमा वितरणका लागि किसान कार्ड र राशन कार्ड वितरण गर्ने योजना बनाएको हो ।

आगामी वर्ष प्रदेश सरकारले वैदेशिक रोजगारी गुमाएर स्वदेश फर्कने युवाका लागि स्वरोजगारमुलक परियोजना सञ्चालन गर्ने नीति लिएको छ ।

नीति कार्यक्रममा विदेशबाट २ लाख प्रदेश १ का बासी फर्कनसक्ने आकलन गर्दै तीनलाई स्वरोजगार बनाउन कार्यक्रम सञ्चालन गर्ने प्रदेश सरकारको योजना छ । आगामी वर्षबाट किसानले उत्पादन गर्ने तर त्यसको बिक्रीको जिम्मा राज्यले लिनेछ ।

कल्पना नगरेको परिस्थिति सृजना भएकाले स्वास्थ्य र कृषि पहिलो प्राथमिकतामा राखिएको नीति कार्यक्रम प्रस्तुत गर्ने क्रममा प्रदेश प्रमुख अधिकारीले जानकारी गराए ।

Loading...