प्रदेश १ काे नीति तथा कार्यक्रममा प्रतिपक्षको प्रतिक्रिया : पुरा नहुने कार्यक्रमकाे निरन्तरता

विराटनगर, २३ जेठ । १ नम्बर प्रदेश सरकारले शुक्रबार ल्याएको नीति तथा कार्यक्रम पुरानै कार्यक्रमको निरन्तरता रहेको रहेको प्रतिपक्षी दलका सांसदहरुले बताएका छन् ।

बाहिर कोरोनाको संकटकले कभर गरेपनि सबै विषय पुरानै विषय समेटिएको प्रतिपक्षीले बताएका हुन ।

नेपाली कांग्रेसका संसदीय दलका उपनेता हिमाल कार्कीले नीति कार्यक्रममा कोरोनालाई सम्बोधन गर्ने गरी नयाँ विषय नआएको बताए । सरकारको कार्यक्रम पुरानै योजनाहरु समेटिएको उनले बताए ।

नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले एकसय दिने कार्यक्रम पुरा गर्न नसकेको प्रदेश सरकारले नीति कार्यक्रमलाई कथाको पुलिन्दा जस्तै बनाएर प्रस्तुत गरेको बताए । एक वर्षका लागि प्रस्तुत गरेका कार्यक्रम १५ वर्षसम्म पनि पुरा नहुनेगरी आएको उनले बताए ।

‘बाहिर खाली कोरोनाको लेप लगाइएको छ ।’ कार्कीले भने ‘ भित्र एउटै विषयलाई दोहो¥याई तेह¥याई मोटो बनाएर सांसदलाई उङी उङी सुन्ने बनाइयो ।’

समाजवादी पार्टीको संसदीय दलका नेता जयराम यादवले कोरोना पछिको अवस्थालाई समेट्न नसकेको बताए । संघिय सरकारले जसरी आफ्ना कार्यकर्ता पोस्ने खालका कार्यक्रमहरु आएको उनको गुनासो छ ।

नीति कार्यक्रम सकारात्मक

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ उपाध्यक्ष राजेन्द्र राउतले प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम सकारात्मक रहेको बताएका छन् ।

कृषि तथा स्वरोजगारलाई प्राथमिकता दिएर ल्याइएको कार्यक्रमले कोरोना पछिको अवस्थालाई केही हदसम्म सम्बोधन गरेको बताए ।

किसानलाई राहत प्याकेजको घोषणा, लगानीकर्ता आर्कषण गर्न गरिएको घोषणा सकारात्मक भएको बताउँदै उनले कार्यक्रमले नीजि क्षेत्रको सम्बोधन गर्ने प्रयास गरेको बताए ।

Loading...