यी हुन् ७ प्रोटिनयुक्त तरकारी

विराटनगर, २३ जेठ । प्रोटिन मांसपेशी, हड्डी, छाला, रगत र कार्टीलेजको विकासको लागि चाहिने एक महत्वपूर्ण तत्व हो ।

हाम्रो शरीरले टिश्यूहरू निर्माण र मर्मत गर्न, हर्मोनहरू, इन्जाइमहरू बनाउन र अन्य धेरै महत्वपूर्ण कार्यहरू गर्न प्रोटिन प्रयोग गर्दछ ।

कपाल र नङ प्रोटिनले बनेको हुन्छ । दुई वा सोभन्दा बढी ग्राम प्रोटीन प्रदान गर्ने खानेकुरालाई प्रोटिनयुक्त खानाको रूपमा लिन सकिन्छ ।

प्लान्ट प्रोटिन अपूर्ण प्रोटीन हुन् – तिनीहरू आवश्यक एमिनो एसिडबाट बनेका हुन्छन् । यसैले, विभिन्न एमिनो एसिडहरू प्राप्त गर्न रंगीन खाना खान सिफारिस गरिन्छ । ७ प्रोटिनयुक्त तरकारीहरू यसप्रकार छन् :

आलु : मध्यम आकारको आलुमा तीन ग्राम प्रोटीनका साथै पोटाशियम, भिटामिन सी र फाइबर पनि हुन्छ ।

ब्रोकाउली : दुई ग्राम फाइबरको साथ ब्रोकाउलीमा तीन ग्राम प्रोटिन हुन्छ, जसले पेटको स्वास्थ्यलाई कायम राख्न मद्दत गर्छ ।

काउली : क्यालोरी सेवनलाई नबढाई काउलीले प्रोटीनको राम्रो मात्रा प्रदान गर्छ । १०० ग्राम काउलीमा तीन ग्राम प्रोटिन र २५ ग्राम क्यालोरी हुन्छ । यसबाहेक काउली पोटेशियम, क्याल्शियम, म्यागनीज, म्याग्नेशियम र आइरनमा पनि धनी हुन्छ ।

च्याउ : प्रोटीनको राम्रो मात्रा प्रदान गर्नुको साथै, च्याउले प्रतिरक्षा प्रणाली पनि सुधार गर्न मद्दत गर्छ ।
साग : सागमा प्रोटिनको पर्याप्त मात्रा हुन्छ । यो भिटामिन सी, फोलिक एसिड र आवश्यक भिटामिन बीसँग भरिएको हुन्छ ।

मकै : माथि उल्लेख गरिएका तरकारीहरू जस्तै मकै पनि प्रोटिन र फाइबरमा पनि धनी छ ।

मटर : मटरको आधा कपमा चार ग्राम प्रोटिन हुन्छ । यो भिटामिन ए, फाइबर र पोटेशियममा पनि धनी हुन्छ ।

Loading...